बिहीबार, २ श्रावण, २०७६
Thursday, 18 July, 2019

नास्टमा ‘इन्नोभेसन फर प्रस्परिटी’ कार्यक्रम ल्याउँदै छु : उपकुलपति श्रेष्ठ

डा. सुनिलबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को उपकलपति हुन् । उनी यसअघि २ पटक राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए भने नास्टका प्राज्ञ एवं नास्ट व्यवस्थापन परिषद्का सदस्य रहेका थिए । नास्ट इतिहासमा सम्भवतः सबैभन्दा कम उमेरमा नास्टको कार्यकारी जिम्मेवारी सम्हाल्ने उनी पहिलो हुन् । यसअघि प्राध्यापक भइसकेका व्यक्तिले मात्रै यस्तो जिम्मेवारी सम्हाल्ने गरेकामा अब त्यो प्रचलन पनि तोडिएको छ । उनीसँग २० बर्ष भन्दा बढी निजी, सरकारी र गैरसरकारी सँस्थाहरुमा काम गरेको अनुभव छ  :

विज्ञान प्रविधिको क्षेत्रमा नेपालको स्थान कहाँ छ ? यो क्षेत्रमा भइरहेको विकास र पछिल्लो अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
सरकारले अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा ल्याएको छ । यो नारालाई वास्तवमै साकार पार्ने हो भने सबैभन्दा बढी विज्ञान र प्रविधिकै भूमिका ठूलो हुन्छ । तर, नेपालमा विज्ञान र प्रविधिको विकास उत्साहजनक छैन । विज्ञान प्रविधि मन्त्रालयको स्थापना ०५३ सालमा मात्रै आएर भयो । त्योभन्दा अघि सन् १९८२ मै नास्टको सुरुवात भई यो क्षेत्रको प्रवद्र्धनमा काम भएको देखिन्छ । सम्पर्क मन्त्रालय पनि आवश्यक हुन्छ भन्ने आधारमा पछि विज्ञान प्रविधि मन्त्रालयको स्थापना भएको हो । तर, लो प्रोफाइलको मन्त्रालय, कहिले कोसँग मर्ज हुने कहिले को सँग मर्ज हुने, मन्त्री र सचिव यो मन्त्रालयमा आउन नचाहने प्रवृत्ति देखाप¥यो । बजेट पनि सबैभन्दा थोरै छ । यसर्थ जति हुनुपर्ने थियो त्यो भएन । अहिलेको सन्दर्भमा ग्लोबल इन्नोभेसन इन्डेक्समा हामी १०८औं स्थानमा छौं । मेरो ४ वर्षे कार्यकालमा म इन्नोभेसनमा जोड दिन्छु । यो माध्यमबाट म ३ डिजिटको स्थानलाई म निश्चय नै २ डिजिटमा झार्नेछु । अहिले श्रीलकंका ८८औं स्थानमा छ । उसकै हारहारीमा पुग्ने लक्ष्य छ ।

युरोप अमेरिकामा रहेका नेपाली वैज्ञानिक त्यहाँको काम छोडेर नेपाल आउँछन् भन्ने सोचमा छैन म । तर, एक पटकको नेपाली सधैंको नेपाली हुने भएकाले उसले केही योगदान गर्न चाहन्छ भने हामीले क्याप्चर गर्नुपर्छ । प्लाटफर्म स्वतन्त्र छोडिदिनुपर्छ । जहाँबाट पनि यहाँ सकारात्मक परिवर्तन थालनी गर्न सकिन्छ । 

यो क्षेत्रमा इन्नोभेसनका कस्ता कार्यक्रम ल्याउने सोचमा हुनुहुन्छ ?
हामीले जति विकास गर्छौं यही ३० वर्षभित्र गर्छौं । विकासको संवाहक युवा हो । उनीहरुको सही परिचालन गर्नुपर्छ । मैले यसका लागि ‘इन्नोभेसन फर प्रस्परटी’को कार्यक्रम ल्याउन लागेको छु । युवाको इन्नोभेटिभ आइडियाई उद्यमशीलता जोड्ने कार्यक्रम हो यो । अहिले चालू बजेटकै कारण पैसा र कार्यक्रम निर्धारित छन् । मैले नास्टमा आइसकेपछि विज्ञान र प्रविधिको क्षेत्र कस्तो छ, नास्टको स्थान के छ, कसरी काम भइरहेको छ आदिको अध्ययन गरी ४ वर्षको लागि एक्सन प्लान ल्याउने तयारी गरिरहेको छु ।

नास्ट आफै विज्ञान प्रविधिमैत्री नभएको र समस्यै समस्याले ग्रसित भएको गुनासो आइरहन्छन् । यसतर्फ तपाईंंको ध्यान कत्तिको गएको छ ? 
हो । विगतमा समस्या थिए । स्वीकार्नुपर्छ । मैले नास्टलाई स्मार्ट नास्टको अवधारणामा सञ्चालन गर्न लागिपरेको छु । जो कोही नास्ट छिर्ने बित्तिकै उत्साहित हुने अवस्था आओस् । अहिले उजाड जस्तो देखिएको छ । कहाँ पार्किङ गर्ने, फुटपाथ कस्तो हुने, कहाँ क्याफेटेरिया बनाउने, साइन्स ब्लक बनाउने, प्रशासनिक ब्लक, लर्निङ सेन्टर, नलेज । अब साइन्स एन्ड टेक्नोलोजीको डाटा सेन्टर आदि कामको उचित व्यवस्थापन गर्नेछु । नास्टका वैज्ञानिक र उनीहरुका अनुसन्धानमा पर्याप्त सहयोग पुग्ने कार्यक्रम ल्याउनेछु । नास्टका हरेक विभागका कर्मचारीको मनोबल उच्च पार्ने आवश्यकता देखेको छु । उहाँहरु डिमोरलाइज्ड भएको अवस्था छ । लिडरसिप नपाएको अवस्था छ । कति वर्षदेखि यहाँ पदोन्नति नै नभएको, स्थायी नभएको अवस्था छ ।

नास्ट र मन्त्रालयबीच उपयुक्त समन्वय नहुँदा यो क्षेत्रको विकास ओझेलमा परेको तथ्यलाई स्वीकार्नु हुन्छ ? 
निश्चय नै विगतको अनुभव हेर्दा यो देखिन्छ । बुझ्नै पर्ने कुरा के भने नास्टले ३७ वसन्त पार गर्दा के दियो त भन्ने प्रश्न मन्त्रालयलगायतले उठाउने गरेको छ । यो नाजायज प्रश्न पनि होइन । सरकारको पैसा ल्याएर केही गरिरहेका छौं भने केही आउटपुट दिन पर्याे । अर्कोतर्फ यो स्वायत्त संस्था हो । स्वायत्त संस्थाले जहिले पनि स्वायत्तता खोज्छ । आफ्नो गतिविधि गर्न स्वायत्त भए पनि प्रधानमन्त्री कुलपति, मन्त्री सहकुलपति र सम्पर्क मन्त्रालय विज्ञान प्रविधि मन्त्रालय हुँदा काम झन् उत्साहप्रद रुपमा हुनुपर्ने हो । विज्ञान र प्रविधिको विकासमा हातेमालो आवश्यक छ । एकले अर्कोलाई दोष दिएर हामी उँभो लाग्न सक्दैनौं ।

एक व्यक्ति वा संगठनले मात्रै विकास र परिवर्तन गर्न सक्दैन । यहाँ मैले मात्रै गरेर हुँदैन । कलेक्टिभ इफोर्ट चाहिन्छ र संस्था सफल हुन्छ ।

नेपाली युवा वैज्ञानिकहरु विदेशिने क्रम रोकिएको छैन । नास्टले वैज्ञानिक फर्काउने अभियान ल्याए पनि सफल भएन । अब यसबारे कस्तो कार्यक्रम ल्याउनहन्छ ? 
यो जटिल प्रश्न हो । एउटा संस्थाले गरेर युवाहरुको बाहिर जाने क्रम रोकिन्छ जस्तो लाग्दैन । हामी विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई पर्याप्त ठाउँ दिने कोशिश गर्नेछौं । जस्तो इन्नोभेसन फर प्रस्परिटीको कार्यक्रममा धेरै युवा समेटिन्छन् । नसमेटिएका युवाहरुले पनि त्यहाँबाट उत्साहित भएर अरु काम गर्ने हौसला लिन सक्छन् । ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने कार्यक्रमको राम्रो रिजल्ट आइसकेको छैन । यसलाई रिभिजिट गर्नपर्छ कि भन्ने सोचमा छौं । मेरो सोच के हो भने युरोप अमेरिकामा रहेका नेपाली वैज्ञानिक त्यहाँको काम छोडेर नेपाल आउँछन् भन्ने सोचमा छैन म । तर, एक पटकको नेपाली सधैंको नेपाली हुने भएकाले उसले केही योगदान गर्न चाहन्छ भने हामीले क्याप्चर गर्नुपर्छ । प्लाटफर्म स्वतन्त्र छोडिदिनुपर्छ । जहाँबाट पनि यहाँ सकारात्मक परिवर्तन थालनी गर्न सकिन्छ । 

यसअघि पनि बजेट अभावकै कारण नास्टका कतिपय कार्यक्रम ओझेलमा परे । तपाईंंको इन्नोभेसन फर प्रस्परिटी कार्यक्रमलगायतका महत्वाकांक्षी योजना पूरा गर्न कसरी काम गर्नुपर्ला ? 
मैले सम्पर्क मन्त्रालयमा पनि कुरा गरिरहेको छु । योजना आयोगसँग पनि सकारात्मक कुराहरु भइरहेका छन् । अर्कोतर्फ यो समग्र देशकै उन्नयनका लागि ल्याइएको कार्यक्रम हो । हाम्रो उद्धेश्य मिल्ने र हामीलाई साथ दिन चाहने जो कोही यो अभियानमा आउन सक्छन् । सार्वजनिक निजी साझेदारीमा यो कार्यक्रम सञ्चालन गर्न सकिन्छ 

विद्यालय तहदेखि नै विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई जागरुक बनाउन के गर्नुपर्ला ?
विद्यालय तहमा हाम्रा कार्यक्रम निकै थोरै भए । सुर्खेतको एउटा विद्यालयमा जाँदा ९/१० कक्षाका विद्यार्थीले इन्टर्याक्टिभ रोबोटहरु देखाइरहेका थिए । त्यो इन्नोभेसन छ । उनीहरुलाई प्रस्फुटित भएर अघि जाने अवसर छैन । हाम्रो इन्नोभेसन अफ प्रस्परिटी कार्यक्रम विद्यालयमा पनि फोकस गरेर, उनीहरुलाई मेन्टरसिप दिएर गर्ने गरी ल्याउनेछौं । धेरै युवा नास्टसँग जोडिन चाहिरहेका छन् । तर कुनै प्लाटफर्म छैन । हामीले ७५३ स्थानीय तहमा कम्तीमा ३/३ जना जनशक्ति परिचालन गर्ने हो भने विद्यालय, सरकारी निकाय तथा अन्य क्षेत्रहरुसँग सहकार्य गररी विज्ञान प्रविधिको विकास र प्रवद्र्धनमा रचनात्मक काम गर्न सक्थ्यौं । 

अन्त्यमा, नास्टको कार्यकारी प्रमुखको हैसियतले आफ्नो कार्यकालमा अन्य के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?
एक व्यक्ति वा संगठनले मात्रै विकास र परिवर्तन गर्न सक्दैन । यहाँ मैले मात्रै गरेर हुँदैन । कलेक्टिभ इफोर्ट चाहिन्छ र संस्था सफल हुन्छ । मैले धेरै समय यहीँ बिताएको छु । वैज्ञानिक साथीहरुको साथ पाएको छु । मैले विज्ञान संवाद नामको कार्यक्रम सुरु गरेको छु, जहाँ विभिन्न विशेषज्ञहरुलाई सहभागी गराइन्छ । विज्ञान र प्रविधिको पत्रकारिता गर्नेहरुका लागि नास्टसँग समन्वय गर्न अहिले प्रवक्ताको व्यवस्था गरेको छ । साथै अन्तर्राष्ट्रिय स्तरमा हाम्रो पहुँच पुर्याउन साइन्स डिप्लोम्यासीका कार्यक्रम ल्याइनेछ । मन्त्रालयसहित हाम्रा पार्टनर अर्गनाइजरहरुसँग सुमधुर सम्बन्ध राखी कार्यक्रम ल्याइने छ । भविष्यमा म पार्टनरसिप टक भनेर आयोजना गर्न चाहन्छु । पोटेन्सियल पार्टनरहरुको पहिचान गरी हाम्रो उद्धेश्यअनूकुलका पार्टनरसँग समन्वय गर्न इच्छुक छु । 

प्रस्तुति : शिव बस्नेत
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा