मंगलबार, ७ जेठ, २०७६
Tuesday, 21 May, 2019

वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ ।

विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केही वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो ।

उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको छ । वर्ल्डलिंकले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहक माझ पनि ल्याइएको हो ।

कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध रहेको छ ।

यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पु¥याउने विश्वास कम्पनीले लिएको छ । यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्तर्गत पर्ने भएकाले यो सेवा वर्ल्डलिंकका ग्राहकले मात्रै प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा