मंगलबार, ७ जेठ, २०७६
Tuesday, 21 May, 2019

ग्यालेक्सी ए ७० नेपाली बजारमा

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी  सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७० सार्वजनिक गरेको छ।

यो फोनमा ३२ मेगापिक्सलसहितको ट्रिपल रेयर क्यामरा रहेको छ। ६.७ इन्च सुपर ऐमोलेड इन्फिनिटी यू डिस्प्ले डिस्पिले रहेको छ।  

ए ७० मा एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई को प्रयोग गरिएको छ। ६ जीबि र्याम रहेको यो फोनमा १२८ जीबि  रोम रहेको छ। यसमा २५ डब्लुको सुपर फास्ट चार्जिङको साथै ४ सय ५० एमएचको व्याट्री समेत रहेको छ।

यो फोनमा स्न्यापड्रयागन ६७५  प्रोसेसर रहेको छ।

सामसङ ग्यालेक्सी ए७० को मूल्य नेपालमा ४७ हजार ९ सय ९० रहेको छ। यो फोन अप्रिल २६ देखि प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको छ।

 प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले ३ हजार ८ सय बराबरको एङ्कर कम्पनीको १०४०० एमएएचको पावर बैंक निःशुल्क प्राप्त गर्न सक्नेछन। यो योजना स्टक रहुञ्जेलसम्म मात्र लागू हुने छ।  


 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा