सोमबार, ७ जेठ, २०७५
Monday, 21 May, 2018

फुर्सदमा खेल्ने १० मोबाइल गेम

तीन पत्ती गोल्ड 

तीन पत्ती गोल्ड 
प्ले स्टोरमा ४.६ रेटिंग भएको तीन पत्ती गोल्ड तासको उत्तम आनुभव दिने एन्ड्रोइड गेम हो । यो अनलाइन गेम हो र यसमा गेमरहरुले अरु अनलाइन गेमरहरुसंग खेल्नुका साथै आफ्नै प्राइभेट टेबल बनाएर आफ्नो साथीभाइलाई मात्र निम्त्याएर खेल्न सकिन्छ । यो मोबाइलमा मात्र नभइ फेसबुकबाट ल्यापटप वा कम्प्युटरमा पनि खेल्न सकिन्छ । यस गेममा अरु धेरै मोडहरु पनि छन् जस्तै हुकाम, मुफ्लिस, जोकर आदी ।  


टाइगर ट्राप 
इसानी टेक्नोलोजीले विकास गरेको टाइगर ट्राप अत्यन्तै रमाईलो र क्रिएटिभ एन्ड्रोइड एप्लिकेशन हो । लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित टाइगर ट्रापमा १५ लेभल छन् । त्यसैगरि यसमा गोट मोड र मल्टिप्लेयर मोडहरु गरि तीन ओटा फरक मोड छन् । यस गेमका आरु फीचर भनेको  बढ्दो कठिनाइसहितका विभिन्न लेभलहरु, गेमप्लेलाई सजिलो बनाउन पावर प्लेको प्रयोग आदी हुन् ।


मोर्टल कोम्ब्याट एक्स 
वारनर ब्रोसद्वारा विकास गरिएको यो एक्शन गेम हो । यस गेममा अत्यन्तै राम्रो ग्राफिक्सका साथै यसमा भएको फेटालिटी भाग झनै यथार्थवादी छ । अनलाइन र अफलाइन दुबै खेल्न मिल्ने यो गेम कमजोर मुटु भएकाहरुलाई होइन र १८ं उमेर भएका लागी मात्र हो । अनलाइनमा गेमरले अरु गेमरहरुसंग चुनौती गर्न सक्छन् कि अफलाइनमा यसमा भएका स्टोरी मोडमा भएका १२ पाठ खेलेर माथि पुग्न सकिन्छ । त्यसै गरी अनलाइन खेल्दा हरेक हप्ता, अनलाइनमा गेमरको र्याँकिंगआनुसार धेरै उपहारहरु पनि प्राप्त गर्न सकिन्छ ।


ड्रीम लिगसकर २०१७ 
फर्स्ट टच गेमले विकास गरेको यस स्पोर्ट्स विधाको फुटबल गेम हो । यो गमे आफ्नै सशक्त फुटबल टिम बनाएर खेलिन्छ. त्यसैगरी यो गेम अनलाइन र अफलाइन दुबै मोडमा खेल्न सकिन्छ । यो गेमको ग्राफिक्स धेरै राम्रो छ र गेमरहरुको बीचमा धेरै लोकप्रिय पनि छ । स्मार्टफोनमा फुटबलको आनन्द लिन खोज्नेहरुको लागी ड्रीम लिगसकर २०१७ एक उत्क्रिस्ट गेम हो ।


 
डब्लूडब्लूइ २के१७ 
डब्लूडब्लूइ २के१७ डब्लूडब्लूइको आफ्नै आधिकारिक मोबाइल रेस्लिइंग गेमको २०१७ संस्करण हो । यो गेम स्पोर्ट विधामा पर्छ र यसमा भएको हाई क्वालिटी ग्राफिक्सले गेम खेल्दा रियालिस्टिक अनुभव प्रदान गर्दछ । डब्लूडब्लूइ २ के १७ यस गेम श्रृंखलाको नवीनतम संस्करण हो । 

एभरविंग 
ब्ल्याक ल्याब्सद्वारा विकास गरिएको एभरविंग गेम २०१६ को नोभेम्बरमा फेसबुक मेसेन्जरको इन्स्ट्यान्ट गेमिंग प्लेटफार्ममा सार्वजनिक गरिएको थियो । थोरै समयमा नै यो गेम धेरै लोकप्रिय बन्न पुगेको छ. एभरविंग स्क्रा‘लिंग शूटर गेम हो । यस गेमका ३वटा मोडहरु छन् जुन हुन् सिंगल प्लेयर, बस रेडस् र क्वेस्ट । त्यसैगरी, यस गेममा गेमरले आफ्नो फेसबुक मेसेन्जरका साथीहरुलाई च्यालेन्ज गर्न सक्छन् र आफ्नो उपलब्धिहरु मेसेजमा साथीहरुलाई शेयर नि गर्न सक्छन ।

 

ग्रान्ड थेफट अटो सान आन्द्रेस 
यस गेमको विकास रक्स्टार गेमले गरेको हो । यो एक एक्सन एडभेन्चर गेम हो । यो गेमका धेरै संस्करणहरु छन् तर ग्रान्ड थेफट अटो सान आन्द्रेस सबै भन्दा नया संस्करण हो । यो खेल्न धेरै सहज छदैछ र यसको ग्राफिक्स पनि धेरै राम्रो छ । आहिले सम्मकै सबै बन्द राम्रो गेम भनेर लेबल गरिएको यो गेम अपराध, एक्सन र फाइट मन पराउने गेमरहरुको लागी एक उपयुक्त गेम हो । त्यसैगरी, स्टोरीमा आधारीत भएर खेल्न रुचाउनेहरुको लागी पनि यो उपयुक्त गेम हो । 


आसफाल्ट ८ एयरबोर्न 
आसफाल्ट रसिंग गेमको श्रृंखला हो जसलाई गेमलोफ्टले विकास गरेको हो । आसफाल्ट ८ एयरबोर्न यस श्रृंखलाको एक गेम हो र रसिंगको एड्रेनालिन मनपराउनेहरुको लागी यो एक आदर्श गेम हो । कार र मोटरसाइकल दुबैलाई रेस गर्न मिल्ने यस गेममा १९५ कारहरु उनलक र सेलेक्ट गर्ने मिल्छ भने ५ मोटरसाइकलहरु छन् । कारको बारेमा धेरै जान्न खोज्ने र कलेक्टरहरु को लागी पनि यो धेरै उपयुक्त गेम हो ।


डुडल आर्मी २  
मिनी मिलिसियास् एपसोमिनियाक्स एलएलसीले सार्वजनिक गरेको यो गेम धेरै समय देखि नै युवाहरुबीच सारै नै लोकप्रिय छ । यस अनलाइन गेमले थोरै समयमा नै धेरै नाम कमाएको ठेयो र आहिले सम्म पनि यो लोकप्रिय छ । यो अनलाइन मुल्टीप्लेयर कम्ब्याट गेम हो जसमा अनलाइन खेल्दा एकैपटक ६ जना खेल्न मिल्छ भने, लोकल वाइफाइ नेटवर्कमा १२ जना सम्म खेल्न सकिन्छ । यस गेमको मुख्य रणनीति  भनेको विभिन्न हतियारको प्रयोगले दुस्मनलै निस्तेज गर्नु हो । यो गेम एक्लै भन्दा साथीभाईहरु संग खेल्दा जनै रमाइलो हुने भएकोले पनि यो गेम यस्यो लोकप्रिय छ ।


क्यानडी क्रस सागा 
क्यानडी क्रस पुरानै गेम हो तर यो आहिले सम्म पनि धेरै नै लोकप्रिय छ । यो गेम किंगले २०१२ मा विकास गरेको थियो । यो गेम आहिले सम्मपनि एती लोकप्रिय हुनु को मुख्य कारण भनेको यसको राम्रो गग्राफिक्स र यसमा भएका आनगीन्ति लेभलहरु हुन । साथै लेभल साथै बढ्ने यसको कठिनाईले यो गेम झनै रमाइलो बनाउछ ।
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा