मंगलबार, ७ जेठ, २०७६
Tuesday, 21 May, 2019

जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल

काठमाडाैं । सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै सुबिसुले आगमी जेठ १ गते बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा सो कन्क्लेभ हुने जानकारी दियाे । 

सूचना सञ्चार तथा प्रविधिलाई प्रवद्र्धन गर्ने हेतुले आयोजना हुने यस कार्यक्रममा समयसापेक्ष विषयहरुमा गम्भीर छलफल गरिने छ । नेपालमा पनि पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिरहेको सन्दर्भमा लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थामा यस्ता विषय समेट्न सुबिसु कन्क्लेभको योगदान हुने आयोजकको विश्वास छ । 

सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले भने, ‘हामीले विभिन्न क्षेत्रको अध्ययन र विश्लेषण गरेर कन्क्लेभमा छलफल गर्ने विषयहरुको पहिचान गरेका हौं ।’ उनका अनुसार कन्क्लेभमा विश्वस्तरी संस्थाहरु नोकिया, टाइको, जोनसोन कन्ट्रोल्स, राडवेयर, भर्टिभ लगायतको प्राविधिक सहयोग रहेको छ ।

‘नवीनतम प्रविधिबारे विशेषगरी हाम्रा इन्टरप्राइज कस्टमरले थाहा पाउनुपर्छ । हाम्रा कस्टरमरले मात्रै हाेइन, जोकोहीले यस्ता प्रविधिबारे अपडेटेड हुनुपर्छ । विश्वमा कस्ता प्रविधि आएका छन्, नेपालमा के कस्तो छ अवस्था र कसरी त्यस्ता प्रविधिको सही प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कन्क्लेभमा बृहत् छलफल गरिन्छ,’ सुबिसु केबल नेट अन्तर्गतको इन्जिनियरिङका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले भने । 

कार्यक्रममा २ सत्रमा सञ्चालन हुने छ । पहिलो सत्रमा विभिन्न विषयविज्ञहरुले आफ्ना प्रस्तुति दिने र सहभागीलाई सहजिकरण गर्ने छन् । त्यस्तै दोस्रो संस्करणमा सरोकारवाला क्षेत्रका विज्ञहरुबीच प्यानल डिस्कसन गरिने छ ।

कार्यक्रममा छलफल हुने विषयहरु :

- Blockchain Technology in Cybersecurity
QoS of Internet
Technology for Secured Society
IoT with AI
Futute of Data Center
Emerging Technologies for Digital Transformation

त्यस्तै कार्यक्रममा म्यागासेसे पुरस्कार तथा इन्टरनेट हल अफ फ्रेम विजेता महावीर पुनको विशेष प्रस्तुति रहने छ भने टाटा, नोकिया, टाइको, राडवेयर, भर्टिभ जस्ता विश्व प्रख्यातप्राप्त आइटी कम्पनीका विज्ञहरुले माथि उल्लेखित विभिन्न विषयमा आफ्नो प्रस्तुति दिने छन् । 

कार्यक्रमसँग सम्बन्धित थप जानकारीका लागि conclave2019.subisu.net.np मा लगइन गर्नहोस् । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा