आइतबार, ५ श्रावण, २०७६
Sunday, 21 July, 2019

बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल

केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहेर केही तथ्यको अनुसन्धान गरिरहेका थिए । नेपालमा विभिन्न बैंकहरुमा भित्री रुपमा चेकजाँच गरिरहेका उनीहरुसँग सूचना छ, ‘नेपालमा उनीहरुको कम्पनीले उत्पादन गरिरहेको सफ्टवेयर अओराकलको पाइरेटेड भर्जन प्रयोग भएको छ । नेपालमा रहेको फिनाकल सफ्टवेयरको वितरकको समेतको बदमासीमा र विभिन्न बैंकका आइटी हेडको मिलेमतोमा यस्तो गलत धन्दा भइरहेको छ ।’ नभन्दै उनीहरुले यस्तो काम भएको तथ्यसमेत पत्ता लगाएका छन् र त्यसमा थप अनुसन्धानसमेत गरिरहेका छन् ।

विभिन्न बैंकहरुमा प्रयोग भएको फिनाकल सफ्टवेयरमा ओरिजिनल लाइसेन्स नभएको ओराकल प्रयोग गरेर बदमासी भएको तथ्यसहितको प्रारम्भिक रिपोर्ट उक्त टोलीले आफ्नो प्रधान कार्यालयमा पठाएको छ भने अहिले पनि ५ वटा नेपाली बैंकहरुमा प्रयोग भएको सफ्टवेयरको भित्री छानविन चलिरहेको छ । अर्थात् ५ वटा बैंकहरुलाई स्याम्पल बैंक मानेर कम्पनीका प्रतिनिधिहरुले थप छानविन गरिरहेका छन् ।

के हो फिनाकल र ओराकल ?
फिनाकल बैंकिङ सफ्टवेयर हो । यो सफ्टवेयर ‘स्पेसियलाइज्ड बिजनेश सोलुसन’ अन्तर्गत भारतीय कम्पनीले बनाएको कोर बैंकिङ सफ्टवेयर हो । भारतमा इन्फोसिस, टिसीएसलगायतका कम्पनीहरुले यस्ता स्पेसियलाइज्ड बिजनेश सोलुसन बेस्ड सफ्टवेयरहरु उत्पादन गर्छन् । तर बुझ्नुपर्ने कुरा के हो भने इन्फोसिसलगायतका विभिन्न कम्पनीहरुले यस्ता बैंकिङ कोर सफ्टवेयरहरु बनाए पनि प्लेटफर्म भने माइक्रोसफ्ट, गुगल, ओराकललगायत प्रयोग गर्ने गर्छन् । माइक्रोसफ्ट, गुगल र ओराकल भनेको प्लेटफर्म बेस्ड बिजनेस हुन् । युरोपियन देशहरुमा उत्पादन हुने यस्ता प्लेटफर्महरुलाई प्रयोग गरेर इन्फोसिसजस्ता कम्पनीहरुले आफ्नो सफ्टवेयर बनाउने गरेका छन् । छोटोमा बुझ्दा ओराकललाई डाटाबेसका लागि प्रयोग गरेर फिनाकल सफ्टवेयर बनाइएको हुन्छ । 

नेपाली बैंकहरुमा प्रयोग भएको फिनाकल पाइरेटेड कि ओराकल ?
बैंकिङमा धेरैले बुझ्न नसकेको विषय हो, ‘करोडौं हालेर किनिएको फिनाकल कसरी पाइरेटेड हुन सक्छ र ?’ हो हामीले यही प्रश्नको उत्तर लिएर आएका छौं । फिनालकलाई बैंकले किन्ने नै हो । तर यस्ता कोर बैंकिङ सफ्टवेयर किन्दा बैंकसँग दुई ओटा विकल्प हुन्छ । एउटा ओराकल डाटाबेससहितको फिनाकलको प्याकेज किन्ने । अर्को फिनाकल छुट्टै किन्ने, डाटाबेसका लागि प्रयोग किने ओराकल प्लेटफर्म छुट्टै किन्ने । यसरी छुट्टै किन्दा बजेट बढी लाग्छ । त्यसैले आइटी हेडले बजेट कम बनाउन प्याकेजमै सफ्टवेयर किन्ने सल्लाह दिन्छन् । केही समय त यो मज्जाले फुल ओरिजिनल भर्जन हुने नै भयो । तर केही समयपछि ओराकलको मिति सकिन्छ ।

हो, यो बेला हो पाइरेसी गरिएका ओराकल सफ्टवेयर फिनाकलमा प्रयोग हुने । फेरि ओराकल प्लेटफर्म छुट्टै किनौं, झन् महँगो पर्छ । त्यो भन्दा फिनाकलको वितरकसँगको मिलेमतोमा केही रकम खर्च गरेर माग्यो र त्यसलाई प्रयोग गर्यो । यो सरासर चोरीको काम हो । तर नेपालमा त्यहि चलिरहेको छ ।

तपाईंले माथि उल्लेखित फण्डा अझै बुझ्नुभएन भने यसरी बुझ्नुहोस्, ‘तपाईंले नयाँ ल्यापटप किन्दा कुनैमा जेन्युन विन्डो आउँछ । तर केही समयपछि तपाईंले त्यसलाई फम्र्याट गर्नुभयो वा अन्य कुनै कारणले बजारमा ५० रुपैयाँमा पाइने डिभिडी प्रयोग गरेर पाइरेटेड विन्डो हाल्नुभयो भने पनि ल्यापटप त राम्रै चल्छ । किन्दा जेन्युन विन्डो पनि किनेकै हो । त्यसमा प्रयोग हुने कि पनि पाइरेटेड पाइहालियो । हो त्यस्तै हुन्छ, फिनाकलको केसमा पनि । प्याकेजमै किनिएको सफ्टवेयरमा आउने ओराकल प्लेटफर्मको मिति सकिन्छ । तर नयाँ किन्नुभन्दा वितरकमार्फत कि मागेर त्यसलाई एक्टिभेट त गरिन्छ । तर त्यो ओरिजिनल भने हुँदैन ।

यस्ता कोर बैंकिङ सफ्टवेयर किन्दा बैंकसँग दुइ ओटा विकल्प हुन्छ । एउटा ओराकल डाटाबेससहितको फिनाकलको प्याकेज किन्ने । अर्को फिनाकल छुट्टै किन्ने, डाटाबेसका लागि प्रयोग किने ओराकल प्लेटफर्म छुट्टै किन्ने । यसरी छुट्टै किन्दा बजेट बढी लाग्छ । त्यसैले आइटी हेडले बजेट कम बनाउन प्याकेजमै सफ्टवेयर किन्ने सल्लाह दिन्छन् । केही समय त यो मज्जाले फुल ओरिजिनल भर्जन हुने नै भयो । तर केही समयपछि ओराकलको मिति सकिन्छ ।

ओराकललाई यो कुरा थाहा नै नभएको भने होइन । तर आफ्नो राम्रो क्लाइन्ट फिनाकलमा प्रयोग भएको ओराकलको हकमा यस्तो भएको भनेर ऊ चुप बस्यो । त्यसमा पनि कम्पनीले पहिला बानी परोस् भन्ने रणनीति लियो । नेपाल विकासोन्मुख देश भएको थाहा पाएको उसले यहि रणनीति अनुसार केही पनि बोलेन । तर नेपाली बैंकहरुले अव ओरिजिनल सफ्टवेयर प्रयोग गर्न सक्छन् भनेर यतिबेला नेपालमा कुनकुन बैंकमा कुन मात्रामा कसरी यसरी आफ्नो प्रोडक्टको गलत प्रयोग भएको छ भन्ने अनुसन्धान गर्न कम्पनीका प्रतिनिधिहरु यतिबेला नेपालमा छन् । र नेपालका विभिन्न बैंकहरुले यस्तो गलत धन्दा चलाईरहेको प्रतिवेदन तयार भइरहेको छ ।

यसले एकातर्फ नेपाली बैंकिङमा आइटी कति असुरक्षित छ भन्ने देखाउँछ भने अर्कोतर्फ नेपाली बैंकहरुलाई अन्तर्राष्ट्रिय स्तरमै ’चोर’ सावित गरिदिएको छ ।

किन हुन्छ यस्तो पाइरेसी ?
’फिनाकल र ओराकल प्लेटफर्म प्याकेजमा किन्दा छुट्टाछुट्टै किनेभन्दा सस्तो पर्छ । केही समयपछि वितरकले नै केही पैसा थप गरेर वा नगरेर सफ्टवेयरमा प्रयोग गर्ने ’कि’ दिन्छ भने छुट्टाछुट्टै किन किन्ने ?’ यही गलत नजिर बसेको छ नेपाली बैंकहरुमा । त्यसैले यस्तो पाइरेसी हुन्छ । यसो त यो दुईचार लाखको कुरा पनि होइन । प्याकेजमा किन्दा र छुट्टाछुट्टै किन्दा करोडौं रुपैयाँको फरक आउँछ । त्यसैले पनि यस्तो गलत कामले प्रश्रय पाएको छ । अर्कोतर्फ आफू के गर्ने भन्दा पनि अरुले कसरी गरिरहेका छन् भन्ने कुरा हेरेर त्यसै गर्ने प्रवृत्तिले नेपालको बैंकिङ क्षेत्र ग्रस्त छ । फलानो बैंकले गरेको छ, हामीले किन नहुने ? फलानो बैंकले त त्यसै गरिरहेको छ हामी किन नगर्ने ? भन्ने कुराले यस्तो गलत काम भइरहेको छ ।

अर्कोतर्फ बैंकमा सीइओहरुले यस्तो टेक्निकल कुरा बुझ्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । बुझ्नेले पनि ‘अरु बैंकहरुमा पनि यस्तै चलिरहेको छ’ भनेर यस विषयमा बुझाउने कोसिस नै गर्दैनन् । एक पटक एउटा बैंकका आइटी हेडले यस्तो तथ्य आफ्ना सीइओलाई बुझाउने प्रयास पनि गरेका थिए । एक त सबैले त्यसै गर्छन् भन्ने कुरा आयो, अर्कोतर्फ करोडौं रुपैयाँ बढी खर्च हुने भयो । यही कुरा बोर्डले फेरि बुझ्दैन । त्यो झन्झट बेहोर्नुभन्दा जसरी चलिरहेको छ त्यसैगरी चलाउँ भन्ने कुरा भयो र अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोगले निरन्तरता पायो ।  

को को छन् यस्ता चोरीको सफ्टवेयर चलाउने बैंकहरु ?
छोटोमा भन्दा भर्खर फिनाकल प्रयोग गर्न थालेका बैंकहरुबाहेक नेपालमा फिनाकल चलाउने सबै बैंकहरुले यस्तो चोरीको काम गरिरहेका छन् । भर्खर फिनाकल प्रयोग थालेकाहरुले भने चोरी गर्ने बेला नै भएको छैन । उनीहरुको प्याकेजमा आएको लाइसेन्सको मिति सकिएको छैन । तर केही समय अगाडीदेखि फिनाकल प्रयोग गरिरहेका सबै बैंकहरुले पाइरेटेड ओराकल प्लेटफर्म प्रयोग गरिरहेका छन् । नेपालमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, बैंक अफ काठमान्डू, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, हिमालयन बैंक लगायतले फिनाकल प्रयोग गरिरहेका छन् । जसमध्ये कुनै बैंकहरु भर्खर फिनाकल प्रयोग गर्न थालेका छन् । प्याकेजमा आएको तीनको लाइसेन्स बाँकी छ । तर पहिलादेखि नै फिनाकल प्रयोग गरिरहेका बैंकहरुले पनि पाइरेटेड फिनाकल प्लेटफर्म प्रयोग गरिरहेका छन् ।

ओराकललाई यो कुरा थाहा नै नभएको भने होइन । तर आफ्नो राम्रो क्लाइण्ट फिनाकलमा प्रयोग भएको ओराकलको हकमा यस्तो भएको भनेर ऊ चुप बस्यो । त्यसमा पनि कम्पनीले पहिला बानी परोस् भन्ने रणनीति लियो । नेपाल विकासोन्मुख देश भएको थाहा पाएको उसले यही रणनीतिअनुसार केही पनि बोलेन । 

यता माछापुच्छ्रे बैंकले भने टि २४ नामक सफ्टवेयर प्रयोग गरिरहेको छ भने नेपाल बंगलादेश बैंकले भने माइसिस नामक सफ्टवेयर प्रयोग गरिरहेको छ । फिनाकल प्रयोग गरिरहेकामध्ये ५ बैंकहरुमा अहिले ओराकल कम्पनीले ’आइटी अडिट’ गरिरहेको छ । आइटी अडिट भनेको उनीहरुको सफ्टवेयर सहि ढंगले प्रयोग भएको छ कि छैन भन्ने कुराको परीक्षण हो । ५ बैंकमा सुरु भएको यस्तो अडिटको प्रतिवेदन बाहिरिने हो भने नेपालमा बैंकहरुको अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत हुने पक्कापक्की छ ।
बैंकमा सीइओहरुले यस्तो टेक्निकल कुरा बुझ्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । बुझ्नेले पनि ‘अरु बैंकहरुमा पनि यस्तै चलिरहेको छ’ भनेर यस विषयमा बुझाउने कोसिस नै गर्दैनन् । 

अनलाइसेन्स्ड सफ्टवेयर प्रयोग गर्दाका बेफाइदा के ? फाइदा के ? 
यसरी अनलाइसेन्स्ड सफ्टवेयर गर्दाको फाइदा भनेको खर्च निकै कटौती हुन्छ । फिनाकल राम्रै पैसा तिरेर किनेकै हो, अब ओराकल अनलाइसेन्स्ड सफ्टवेयर प्रयोग गर्दा खास फरक पर्दैन र सबैले त्यसै गरिरहेका छन् भन्ने कुराले सबै बैंकका आइटी विभाग ग्रसित छन् । तर यसका बेफाइदा धेरै छन् । एक त यो सिधा ‘नन कम्प्लाइन्स’ भइ नै हाल्यो । अरुको प्लेटफर्म पैसा तिर्नुपर्नेमा नतिरी चलाउनु गलत भइनै हाल्यो । दोश्रो, यस्ता अनलाइसेन्स्ड सफ्टवेयर प्रयोगमा धेरै बगहरु आउन सक्छन् । अनलाइसेन्स्ड सफ्टवेयरमा त्यस्ता बगहरु फिक्स्ड हुँदैनन् । अर्को बेफाइदा भनेको सफ्टवेयर अपग्रेडेसन गर्नुपर्यो भने निकै समस्या आउँछ ।

केही नयाँ फिचरहरु आउँदा सफ्टवेयर अपग्रेड गर्नुप¥यो भने त्यसमा समस्या हुन्छ । प्याच अपग्रेड हुँदैन । वा प्याच अपग्रेड गर्दा समस्या हुन्छ । अर्कोतर्फ अहिले ओराकल कम्पनीले आफ्नो प्रतिवेदन सार्वजनिक ग¥यो भने समग्र नेपालको बेइज्जत पनि हुने पक्का छ । त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा । अर्बौं नाफा कमाउने बैंकहरुले आफ्नो कोर सफ्टवेयरमा प्रयोग गरिएको पलेटफर्म नै अनलाइसेन्स्ड प्रयोग गर्छन् भन्ने तथ्यले नेपाली बैंकहरुलाई हेर्ने सामान्य दृष्टिकोण पनि गलत बन्न सक्छ ।

समस्याको जड : सीइओ बुझ्दैनन्, बोर्ड सदस्य जान्दैनन्, आइटी हेड भन्दैनन् ! 
बैंकका सीइओहरुलाई अनलाइसेन्स्ड सफ्टवेयरको कुरा बुझाउने हो भने उनीहरुले यस्तो काम नगर्न पनि आदेश गर्न सक्छन् । तर सीइओहरुले यस्तो टेक्निकल कुरा नै जान्दैनन् । करोडौं पैसा तिरेर किनेको सफ्टवेयर अनलाइसेन्स्ड भयो भन्ने उनीहरुलाई थाहा नै हुँदैन । बोर्डका सदस्यहरुले त यस्तो टेक्निकल कुरा बुझ्ने कुरै भएन । आइटी हेडले अरु बैंकमा पनि यस्तै छ भन्ने कुराले यस्तो तथ्य भन्दै भन्दैनन् । कतिपय त आइटी हेडले पनि बुझ्दैनन् । उनीहरुले बुझेका अन्य बैंकका आइटी हेडसँग यसबारेमा बुझ्ने हो । अव आफुले चोरीको माल प्रयोग गरेपछि उसले अरुलाई यी सबै कुरा बुझाउने कुरै आएन । यही कारण अहिले नेपाली बजारमा यस्तो पाइरेसी बढेको हो ।

झट्ट हेर्दा करोडौं रुपैयाँ तिरेर किनेको सफ्टवेयर पाइरेटेड छ भन्ने कुरा कसैले पत्याइहाल्ने कुरा भएन । यसले झन् बल पुगेको छ गलत गर्नेहरुलाई । अर्कोतर्फ आइटी हेडलाई प्रमोसन र कष्ट मिनिमाइजेसनको उत्तिकै चिन्ता छ । फलानो बैंकमा किनेको सफ्टवेयर र हाम्रोमा उही हो तर हाम्रोमा किन महँगो प¥यो भनेर प्रश्न गरिन्छ । त्यसले आइटी हेडको कार्यक्षमतामा सीइओ वा बोर्डले प्रश्न उठाईदिन्छ । कतै घुस पो खायो कि भन्ने कुरा पनि उठ्न सक्छ । यसरी अपजस पनि व्यहोर्नु पर्ने अनि महँगो पनि हुने भएपछी उनीहरुले सबैले यस्तै गर्ने हुन् भन्ने रेडिमेड उत्तर राखेर पाइरेटेड सफ्टवेयरहरु प्रयोग गरिरहेका छन् ।   

अपत्यारिलो खर्चभित्रको अपत्यारिलो बदमासी ! तर सत्य उही, ‘अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग’
झट्ट सुन्दा पत्याउन गाह्रो छ । तर कोर आइटी कामबापत मात्र नेपाली बैंकहरुबाट झन्डै ३०० करोड वार्षिक रकम विदेशिन्छ । कोर सिष्टम, तिनको एनुअल मेन्टेनेन्समा मात्र यति ठूलो खर्च हुन्छ । योसँग सम्बन्धित मानव स्रोतसाधनको खर्च थप भयो । यसमा पनि ठूलो खर्च हुन्छ । कोर बैंकिङ सफ्टवेयर (सीबिएस)मा मात्र झन्डै १० करोडमाथि खर्च हुन्छ । त्यसमा डाटावेस सर्भरमा थप खर्च हुन्छ । साइबर सेक्युरिटीमा थप २ देखि ३ करोड खर्च हुन्छ । एन्टीभाइरसमा पनि मोटो नै रकम खर्च हुन्छ । फायरवालसँग समबन्धित कामको थप खर्च हुन्छ । यसरी नेपालमा रहेका बैंकहरुको सबैको हिसाब गर्दा करोडौं रुपैयाँको तथ्यांक आउँछ । तर यहि सत्यबीचको अपत्यारिलो बदमासीचाहिँ के छ भने यहि बीचमा फुल लाइसेन्स्ड ओराकल प्रयोगमा भने पैसाको लोभ भएको छ । जसका कारण पूरै कोर सिष्टम नै जोखिममा हुन सक्छ ।

झट्ट हेर्दा करोडौं रुपैयाँ तिरेर किनेको सफ्टवेयर पाइरेटेड छ भन्ने कुरा कसैले पत्याइहाल्ने कुरा भएन । यसले झन् बल पुगेको छ गलत गर्नेहरुलाई । अर्कोतर्फ आइटी हेडलाई प्रमोसन र कष्ट मिनिमाइजेसनको उत्तिकै चिन्ता छ । फलानो बैंकमा किनेको सफ्टवेयर र हाम्रोमा उही हो तर हाम्रोमा किन महँगो प¥यो भनेर प्रश्न गरिन्छ । त्यसले आइटी हेडको कार्यक्षमतामा सीइओ वा बोर्डले प्रश्न उठाईदिन्छ । कतै घुस पो खायो कि भन्ने कुरा पनि उठ्न सक्छ । यसरी अपजस पनि व्यहोर्नु पर्ने अनि महँगो पनि हुने भएपछि उनीहरुले सबैले यस्तै गर्ने हुन् भन्ने रेडिमेड उत्तर राखेर पाइरेटेड सफ्टवेयरहरु प्रयोग गरिरहेका छन् ।

नेपालमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, बैंक अफ काठमाडौं, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, हिमालयन बैंक लगायतले फिनाकल प्रयोग गरिरहेका छन् । जसमध्ये कुनै बैंकहरु भर्खर फिनाकल प्रयोग गर्न थालेका छन् । प्याकेजमा आएको तिनको लाइसेन्स बाँकी छ । तर पहिलादेखि नै फिनाकल प्रयोग गरिरहेका बैंकहरुले पनि पाइरेटेड फिनाकल प्लेटफर्म प्रयोग गरिरहेका छन् । 

नेपालमा फिनाकलको सुरुवात र बदमासीको सिरिज 
नेपालमा विभिन्न खालका कोर बैंकिङ सिष्टम प्रयोग भएका छन् । बढीले प्रयोग गर्ने भनेको एउटा फिनाकल हो भने अर्को पुमोरी हो । पुमोरी नेपाली सफ्टवेयर हो । सुरुमा मर्कन्टाइल कम्युनिकेसनले नबिल बैंक लिमिटेडका लागि बनाएको सफ्टवेयरमा केही परिमार्जन गरेर कम्पनीले अरुलाई पनि यो सफ्टवेयर बेचेको हो । तर अहिले यो सफ्टवेयरमा खास नयाँ अपग्रेडेसन छैन । सुरुमा यो सफ्टवेयर बनाउन प्रयोग भएका जनशक्ति अहिले रिटायर्ड भएकाले पनि यसमा अपग्रेडेसनमा समस्या आएको हो । 
अर्को कोर बैंकिङ सफ्टवेयर भनेको फिनाकल हो ।

यो सफ्टवेयर भारतीय आइटी कम्पनी इन्फोसिसले सुरुमा बैंक अफ काठमान्डूको लागि बनाएको हो । त्यति बेला भारतमा मल्टीकरेन्सी अप्सनको आवश्यकता थिएन । तर यो सफ्टवेयरमा उक्त अप्सन भएकाले इन्फोसिसले पुनस् बैंक अफ काठमान्डूलाई केही सेयर दिएर यो सफ्टवेयरमा प्रयोग भएको उक्त अप्सन अन्य सफ्टवेयरमा पनि प्रयोग गरेको हो । नेपालको बैंकले लगाएको यहि गुणका कारण पनि इन्फोसिसले अहिलेसम्म नेपालको वितरक परिवर्तन गरेको छैन । वितरकको यही कन्फिडेन्सका कारण पनि अनलाइसेन्स्ड ओराकलको प्रयोगमा कसैले पनि प्रश्न नउठाएको विज्ञहरुको तर्क छ । 

सुरुमा फिनाकलमै आएको ओराकल प्रयोग गरिन्छ । र पछी अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग हुन्छ । बल्कमा नै ओराकलसँग सफ्टवेयरको लाइसेन्स लिएर फिनाकलमा राखिने हुनाले कम्पनीलाई पनि सस्तो पर्न गएको छ । सस्तोमा किनेपछि उसले प्याकेजमै एसेम्बल गरेर बेच्दा पनि बाहिर छुट्टै किनेभन्दा सस्तो भएकोक छ । यहि कारण बदमासीको सिरिज बढेको छ । एकपछि अर्को बैंकले यस्तो गलत प्रयोग गर्दै आएका छन् । कुनैदिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।
झट्ट सुन्दा पत्याउन गाह्रो छ ।

तर कोर आइटी कामबापत मात्र नेपाली बैंकहरुबाट झन्डै ३०० करोड वार्षिक रकम विदेसिन्छ । कोर सिष्टम, तिनको एनुअल मेन्टेनेन्समा मात्र यति ठूलो खर्च हुन्छ । योसँग सम्बन्धित मानव स्रोत साधनको खर्च थप भयो । यसमा पनि ठूलो खर्च हुन्छ । कोर बैंकिङ सफ्टवेयर (सीबिएस)मा मात्र झन्डै १० करोडमाथि खर्च हुन्छ । त्यसमा डाटाबेस सर्भरमा थप खर्च हुन्छ । साइबर सेक्युरिटीमा थप २ देखि ३ करोड खर्च हुन्छ । एन्टिभाइरसमा पनि मोटो नै रकम खर्च हुन्छ । फायरवालसँग समबन्धित कामको थप खर्च हुन्छ । यसरी नेपालमा रहेका बैंकहरुको सबैको हिसाव गर्दा करोडौं रुपैयाँको तथ्यांक आउँछ ।

नेपाली बैंकको नाफा देखेपछि फरक रणनीतिमा ओराकल कर्पोरेसन 
ओराकल सफ्टवेयर ओराकल कर्पोरेसनको प्रोडक्ट हो । यो कम्पनीले सुरुमा आफ्नो उत्पादन नेपालमा सही रुपमा प्रयोग भएको छ कि छैन भन्ने खास हेर्दैनथ्यो । कतिपय ठाउँमा अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरिएको पाइए पनि उक्त कम्पनीले बानी परोस् भनेर केही पनि बोल्दैनथियो । यसरी बानी पार्ने रणनीतिका साथ आफ्नो उत्पादन पाइरेसी गर्न दिने कम्पनीहरु थुप्रै छन् । तर जब उक्त कम्पनीले नेपाली बैंकहरुको नाफा केलायो, तब लाइसेन्स्ड सफ्टवेयर नै प्रयोग गर्न नेपाली बैंकहरुले सक्छन् भनेर यसको तयारीअनुरुप नेपालमा आइटी अडिट गरेर त्यसको प्रतिवेदन सम्बन्धित बैंकहरुलाई दिने तयारीमा कम्पनी छ । 

यही रणनीति अनुरुप कम्पनीले ओराकलको अनलाइसेन्स्ड प्रयोगमा रोक लगाउने रणनीति ल्याएको हो । जसको भार अव नेपाली बैंकहरुले बोक्नुपर्ने देखिन्छ । कम्पनीले यहि बीचमा पहिला अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरेवापतको पेनाल्टीसमेत लाउन सक्छ । त्यसो भएको खण्डमा बैंकहरुलाई सुरुमा ठूलो खर्च लाग्ने पक्कापक्की छ । यो कम्पनीले सुरुमा आफ्नो उत्पादन नेपालमा सही रुपमा प्रयोग भएको छ कि छैन भन्ने खास हेर्दैनथ्यो । कतिपय ठाउँमा अनलाइसेन्स्ड सफ्टवेयरको प्रयोग गरिएको पाइए पनि उक्त कम्पनीले बानी परोस् भनेर केही पनि बोल्दैनथ्यो ।

यसरी बानी पार्ने रणनीतिका साथ आफ्नो उत्पादन पाइरेसी गर्न दिने कम्पनीहरु थुप्रै छन् । तर जव उक्त कम्पनीले नेपाली बैंकहरुको नाफा केलायो, तब लाइसेन्स्ड सफ्टवेयर नै प्रयोग गर्न नेपाली बैंकहरुले सक्छन् भनेर यसको तयारीअनुरुप नेपालमा आइटी अडिट गरेर त्यसको प्रतिवेदन सम्बन्धित बैंकहरुलाई दिने तयारीमा कम्पनी छ । यही रणनीति अनुरुप कम्पनीले ओराकलको अनलाइसेन्स्ड प्रयोगमा रोक लगाउने रणनीति ल्याएको हो ।

(लेखक अर्थ सरोकार डटकमका सम्पादक हुन् ।)

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा