सोमबार, ९ असार, २०७६
Monday, 24 June, 2019

ओपो द्वारा ए७ र ए३ एस को मुल्य समायोजन

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी ओपोले ए७ र एथ्रीएस मोबायलको मुल्य घटाएको छ। ओपोले ए७ को मुल्य  २७ हजार ९ सय ९० र  एथ्रीएस को मुल्य  १५ हजार ९ सय ९० कायम गरिएको छ। 

आपो ए ३ एस फोनमा ६.२ इन्चको स्क्रिन रहेको छ। एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा २ जीबी याम र १६ जीबीको स्टोरेज रहेको छ ।

यसमा १३ एमपी र २ एमपी मुख्य क्यामेरा र ८ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ४००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ।

आपो ए७ मा  ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्रि रहेको छ। यसमा १६ एमपी फ्रण्ट क्यामेरा र १३+२एमपी डुअल रियर क्यामेरा रहेको छ।


 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा