शुक्रबार, ६ भदौ, २०७६
Friday, 23 August, 2019

एनसेल र पुलचोक क्याम्पस बिच छात्रवृति तथा उत्कृष्टता सम्मानलाई निरन्तरता दिने सम्झौता

काठमाडौं। एनसेल र पुलचोक क्याम्पस बिच एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई थप ५ बर्षका लागी निरन्तरता दिने सम्झौता भएको छ।

एनसेलको तर्फबाट वित्तिय प्रमुख कनिश्क गयान विक्रमा पुलचोक क्याम्सका तर्फबाट डिन प्रा. रामचन्द्र सापकोटा बिच सहमति पत्रमा हस्ताक्षर भएको हो।

एनसेलले २०७६ देखि २०८० सम्म इन्जिनियर संकाय तर्फ इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थिलाई १ करोड ३० लाख छात्रवृति तथा उत्कृष्टता पुरुस्कार प्रदान गर्नेछ।

इन्जिनियर संकाय तर्फ इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थिलाई १८ छात्रवृति तथा ६ उत्कृष्टता सम्मान पुरुस्कार प्रदान गर्नेछ।

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पुलचोक क्याम्पसमा  २०७१ देखी २०७५ सम्म ५ बर्षको लागी पुरुस्कार स्थापना गरेको थियो।     

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा