मंगलबार, ५ असार, २०७५
Tuesday, 19 June, 2018

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिकारको अन्त्य हुनेछ ।

 यसअघि इन्टरनेट ब्याण्डवीथका लागि भारत प्रती परनिर्भर रहेको थियो । नेपाल र भारतका विचमा अप्टीकल फाइबर मार्फत विराटनगर, भैरहवा र विरगंज नाकाहुँदै इन्टरनेट ब्याण्डवीथ साटासाट गरिएको थियो । नेपाल टेलिकमले रसुवाको केरुङ्ग नाकासम्म अप्टीकल फाइबर पुर्याएसँगै नेपालमा पनि चीनीया बाटोबाट इन्टरनेट आउने पक्का भएको हो । 

चीनीयाँ इन्टरनेटको नेपालमा प्रवेश भएसँगै यसले उच्च गुणस्तरिय इन्टरनेट सस्तो मूल्यमा प्राप्त गर्न सकिने आंकलन गरिएको छ । नेपालले अब चीनको बाटो हुँदै हंकङ्गमा रहेको हबसँग जोडिने छ । यस अघि नेपाललाई भारतीय बाटो मात्र प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको थियो । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा