मंगलबार, ३१ भदौ, २०७६
Tuesday, 17 September, 2019
Skip Advt.

महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार

काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गरिरहेको छ । यसै क्रममा बैंकले यहि जेष्ठ १५ गते ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । यि शाखाहरु सञ्चालनमा आए पछि बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।


 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा