सोमबार, ३० भदौ, २०७६
Monday, 16 September, 2019
Skip Advt.

इन्ट्रान्स एक्जामको तयारी गर्न सघाउने एप ʻअभ्यासʼ सार्वजनिक

आविष्कार इन्टरप्राइज प्रालि नामको स्टार्टअपले अभ्यास (avyaas) नामको इन्ट्रान्स एक्जामको तयारी गर्न सहयोग गर्ने एप ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड, डक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ साइन्सका विषयका विद्यार्थीलाई लक्षित गरी यो एप ल्याइएको हो । 

यो अनलाइन लर्निङ प्लाटफर्ममा विद्यार्थीका लागि विभिन्न प्रश्न र त्यसको उत्तरसहित विस्तृत व्याख्या गरिएको छ । यो एपको उद्धेश्य भनेको विद्यार्थीले राम्रोसँग इन्ट्रान्स एक्जामको तयारी गर्ने र उत्कृष्ट कलेजमा नाम निकाल्न सहयोग गर्नु रहेको छ । 

यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ भने समयको पनि बचत गराउँछ । विद्यार्थीले जुनसुकै बेला जहाँबाट पनि मोबाइल डिभाइस वा डेस्कटपमा यो एपमार्फत अभ्यास गर्न सक्छन् । 

एपले हरेक हप्ता अनलाइन मक टेस्ट पनि लिने गर्छ । 

कम्पनीका अनुसार अहिले सबै सेवा निःशुल्क रहेको छ भने भविष्यमा हरेक हप्ता लिने एक्जामको लागि थोरै शुल्क लिने योजना छ । 

साथै निकट भविष्यमा ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र इन्जिनियरिङका कोर्श पनि थप्ने योजना रहेको छ । साथै ब्याचलर अफ एग्रिकल्चर र लोक सेवा आयोगको परीक्षाको कोर्श पनि थप्ने योजना कम्पनीको छ । 

ʻअभ्यास एपले विद्यार्थीलाई अनलाइन कोचको रुपमा गाइड गर्दछ । एप प्रयोगकर्तालाई परीक्षाको तयारीबारे पर्याप्त अभ्यास गराउने गर्दछ,ʼ आविष्कार एन्टका सिइओ रोनेश श्रेष्ठले भने, ʻहामीलाई विश्वास छ कि यो एपले विभिन्न कारणले कोचिङ क्लास लिन नसकेका विद्यार्थीलाई उत्तिकै लाभ पुर्याउने छ ।ʼ

विद्यार्थीले अभ्यास डट कम (avyaas.com)का साथमा एप स्टोरप्ले स्टोरबाट एप डाउनलनोड गरी प्रयोग गर्न सक्छन् । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा