बिहीबार, २ श्रावण, २०७६
Thursday, 18 July, 2019

जिमेलमा भएका अनावश्यक इमेलहरु डिलिट गर्ने सजिलो तरिका

जिमेलमा आएका अनावश्यक इमेलहरुले इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ होला। ति इमेलहरु एक एक गरेर डिलिट गर्न धेरै समय लाग्छ।

आज हामी तपाईलाई कसरी यि अनावश्यक इमेलहरु लाई अटोमेटिक डिलिट गर्ने तरिका बताउदै छौ। 

पहिले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा इमेल स्टुडियो इन्स्टल गर्नुहोस। त्यसपछि जिमेल अकाउन्टमा गएर जिमेलमा प्राप्त भएका कुनै एउटा इमेल खोल्नु होस।

फेरी दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गरेर आफनो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्नुहोस। यि प्रक्रिया पुरा गरेपछी इमेल क्लिनअप अप्सनमा क्लिक गर्नुहोस।

जिमेलबाट तपाई जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि एड न्यु रुलमा जानुहोस र न्यु रुलका रुपमा कुनै इमेललाई मार्क गर्नुहोस।

यति गरेपछि कुनै इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेलहरु लाई डिलिट गर्नु भनि आदेश दिन सकिन्छ। यो सेटिङ गरेर सेभ गरेपछि इमेलहरु डिलिट हुनेछन।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा