बिहीबार, २ श्रावण, २०७६
Thursday, 18 July, 2019

आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै

काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।

मेसिन लर्निङ र डिप लर्निङ एल्गोरिदमसँगै डाटा साइन्स प्रोजेक्टमा आधारभूत ज्ञान प्रदान गर्ने उद्धेश्यले सुरू भएको वर्कसप कमलपोखरीमा अवस्थित किस्ट कलेजमा हुँदै छ । 

मेसिन लर्निङ्ग एन्ड डाटा साइन्स कम्युनिटी नेपालले आयोजना गरेकाे याे वर्कसप हरेक दिन ६ घण्टा चल्ने छ । वर्कसपमा १६ भन्दा बढी टपिक कभर हुने छ ।

सहभागीलाई समूहमा रहेर वास्तविक जीवनमा आधारित प्रोजेक्टहरु बनाउने र पाइथन प्रयोग गरी फाइनल प्रडक्ट (कम्प्लिट सोलुसन) बनाउन सहयाेग गरिने इभेन्ट संयाेजक सूर्य बस्नेतले जानकारी दिए । 

वर्कसपका सहभागीलाई राष्ट्रियस्तरका विज्ञले सहजिकरण गर्ने छन् । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा