शुक्रबार, ६ भदौ, २०७६
Friday, 23 August, 2019

आइसिटी अवार्डमा ३ विधाका उत्कृष्ट ५ को घोषणा

अनलाइन र एसएमएस भोटिङ प्रक्रिया सुरु हुँदै

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ । अवार्डमा कुल ९ विधा समावेश गरिएको छ ।

यसमध्ये ३ विधाहरु स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाका उत्कृष्ट ५ को घोषणा भएको छ । उत्कृष्ट ११ मा पर्न सफल प्रतिष्पर्धीलाई गत असार २८ मा प्रिजेन्टेशन एवं स्पिड डेटिङ सेसनमा सहभागी गराइएको छ ।

यो सेसनबाट ११ सदस्यीय निर्णायक मण्डलको समूहले उत्कृष्ट ५ को घोषणा गरेको हो । 

स्टार्टअप आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • ई–डिजिटल नेपाल प्रालि
  • हाम्रो टेक्नोलोजी प्रालि
  • खाली सिसी म्यानेजमेन्ट प्रालि
  • युजी केक्स
  • वाकम्यान ‘ग्रिन क्वेन्स’

No photo description available.

प्रडक्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • विधाना
  • डेल्टा सेल्स एप
  • इन्सपेला
  • मबैंक
  • मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस

No photo description available.

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • हेल्प इआर
  • नयाँ किनमेल
  • प्रशासन ई
  • रक्तदान
  • वाटर टेस्टर एप

No photo description available.

तीनै विधाका उत्कृष्ट ५ का लागि बिहिबार राती १२ बजेदेखि साउन १८ गते राती १२ बजेसम्म अनलाइन र एसमएस भोटिङ गर्न सकिने अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले जानकारी दिए । 

अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड,  डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।

यस संस्करणको आइसिटी अवार्डमा सबै विधा गरी २ सयभन्दा बढीको अनलाइन आवेदन परेको थियो । सबै विधामा कडा प्रतिष्पर्धा रहेको जानकारी दिदै निर्णायक समूहका संयोजक हेमपाल श्रेष्ठले हरेक किसिमले उत्कृष्ट छान्ने प्रयास गरिएको बताए । 
 

अवार्डबारे विस्तृत जानकारीका लागि : ictaward.org

याे पनि पढ्नुहाेस् 

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा