सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

‘हामीले विद्यार्थीलाई कलेजमै इन्डस्ट्रीको ‘स्पेसल एक्सपोजर’ दिएका छौं’

भेषराज पाेखरेल
सिइओ, टेक्सास इन्टरनेश्नल कलेज

टेक्सास कलेज विद्यार्थीको उचित गन्तव्य हो भनेर प्रमाणित भइसकेको छ । यसका पछाडि केही सबल कारणहरू छन् । विद्यार्थीलाई प्रयोगात्मक र व्यावहारिक ज्ञान दिन सक्नु नै हाम्रो विशेषता हो । हालै टेक्सासले हरेक शुक्रवार करियर डे भनेर कार्यक्रम गर्ने गरेको छ । हामीले विद्यार्थीलाई इन्डस्ट्रीको स्पेसल एक्सपोजर दिन यस्ता विभिन्न कार्यक्रम गर्छौं ।

प्रोफेसनल एक्सपोजरसँगै इन्डस्ट्रीको स्पेशल एक्सपोजर विद्यार्थीले कलेजमै पाउनुपर्छ भन्ने मान्यता हाम्रो छ । अर्को कुरा कलेज आफैंले इन्टर्न र जब प्लेसमेन्टको अवसर दिलाउने भएका कारण विद्यार्थीको करियर निर्माणमा कलेज कतिको जिम्मेवार छ भन्ने प्रमाणित हुन्छ । हामी सिस्काे एकेडेमी कलेज पनि हौं र इसी काउन्सिको नेपालमा पहिलो पटक मेम्बर भएको कलेज हौं ।

हाल आइटी अन्तर्गत टेक्सास इन्टरनेशनल कलेजमा त्रिविको बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गरिरहेका भने टेक्सास कलेज अफ म्यानेजमेन्ड एन्ड आइटीमा लिंकन युनिभर्सिटी मलेसियाको बिआइटी र बिसिएस साइबर सेक्युरिटी सञ्चालन गरिरहेका छौं । अहिले हामीले प्रि एडमिशन प्रोसेस जारी राखेका छौं ।

सम्बन्धित समाचार