सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बागेश्वरी मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले  भाद्र २० गते गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको छ।

उक्त कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख श्री गौरब काफ्लेले गरेका थिय । हाजिरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकद्वारा समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गरी आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको छ ।

यस बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको छ ।  

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको छ।

 


 

सम्बन्धित समाचार