सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

नेपाल दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले नयाँ सांगठनिक संरचना कार्यन्वयन गरेको छ। दूरसंचार प्राधिकरणले नयाँ संरचनामा यस अघिको महाशाखालाई निर्देशनालयमा र विभागलाई महाशाखामा परिवर्तन गरेको छ।

जसमा प्रविधि तथा पूर्वाधार विकास महाशाखालाई प्रविधि तथा पूर्वाधार विकास निर्देशनालयमा परिवर्तन गरेको छ। यो निर्देशनालय अन्तर्गत पूर्वाधार महाशाखा, नियमन महाशाखा, स्तरिकरण महाशाखा राखिएको छ।

भने प्रशासन तथा अनुमतिपत्र महाशाखालाई निर्देशनालयमा परिवर्तन गरेको छ। यो निर्देशनालय अन्तर्गत कानुन तथा अनुमतिपत्र महाशाखा, प्रशासन महाशाखा, उपभोक्ता हित संरक्षण महाशाखालाई राखिएको छ।

अनुगमन महाशाखालाई भने सिधै अध्यक्षको मातहतमा रहने गरी राखिएको छ। नेपाल दूरसंचार प्राधिकरणमा दुईजना वरिष्ठ निर्देशकहरु रहनेछन। भने दुईजना वरिष्ठ निर्देशकहरुको मातहतमा ७ जना निर्देशकहरु रहने गरी महाशाखाको व्यवस्थापन गरिएको छ।  नयाँ संरचनासंगै दूरसंचार प्राधिकरणले केहि कर्मचारीहरु पनि थपेको छ ।

 

सम्बन्धित समाचार