बिहीबार, ४ असोज, २०७५
Thursday, 20 September, 2018

नेपाल टेलिकमले प्रिपेड मोबाइलका लागि ल्यायो सापटी सेवा

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने 'नमस्ते क्रेडिट' नामक सेवा सुरु गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको सुभारम्म गर्नुभएको हो ।

नेपालमा पहिलो पटक प्रिपेड सेवा सुरु गरेको नेपाल टेलिकमले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसरमानै यो सेवाको घोसणा गरेको थियो । शुक्रबारबाट प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् र ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क लाग्ने छैन ।

नेपालमा अहिलेसम्म एनसेलले मात्रै आफ्ना ग्राहकहरुलाई सापटी दिने सेवा दिँदै  आएको थियो ।

नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाइमको सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।

सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो नेटवर्कमा सीम एक्टिभभएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन्

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा