शुक्रबार, ११ जेठ, २०७५
Friday, 25 May, 2018

कहिले सुध्रेला विज्ञान शिक्षा !

माध्यमिक तहमा विज्ञान विषयलाई अनिवार्य रुपमा अध्यापन गराउदै आइएको विद्यार्थीलाई खोज आविष्कारको सैद्धान्तिक व्यवहारिक दुवै पक्ष समावेश गरिनाले विज्ञान विषय निकै महत्वपूर्ण मानिन्छ अन्य विषयभन्दा फरक भनेकै विज्ञान विद्यार्थीले पढेर नभई सिकेर जान्दछन् तर, विद्यालय शिक्षामा विज्ञान विषयलाई हेर्ने हो भने यसको पठनपाठन देखि विद्यार्थीमा व्यवहारिक नतिजाको अवस्था दयनीय

विज्ञान विषयले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिप प्रदान गर्दै आर्थिक उन्नति दिने खालको शिक्षा दिनुपर्छ तर, अहिलेको विज्ञान शिक्षा ठीक उल्टो ,’ शिक्षा विद् डा. विद्यानाथ कोइराला भन्छन् उनको विचारमा विज्ञान, गणीत जस्ता विषय निकै चाखलाग्दा रचनात्मक हुन्छन् तर, पठनपाठनको गलत अभ्यासले यति सरल विषयलाई पनि जटिल विषय बनाएको उनको तर्क

वर्षअघिसम्म सञ्चालन भएको एसएलसी परीक्षामा विज्ञान गणीत विषयमै सबैभन्दा बढी विद्यार्थी अनुत्तिर्ण हुन्थे पछिल्लो एसईई परीक्षामा पनि यी विषयमा धेरै विद्यार्थी कमजोर देखिए सिक्ने/सिकाउने पद्धति अझै परम्परागत रुपले भइरहँदा फरक नतिजा आउन सकिरहेको छैन विज्ञान जस्तो निकै खोजपुर्ण चाखलाग्दो विषय राम्रोसँग नपढाउँदा विद्यार्थीका लागि जटिल भइरहेको ,’ प्रा. डा. कोइरालाले भने

विज्ञान भनेर हामीले अन्यन्त्रै खोज्यौं घरमा भएका जीवनमा भएका विज्ञान तर्फ चासो नै देखाएनौं । तरकारीमा पहिला बेसार र पछाडि नुन राख्छौं तर यो किन हो भनेर कहिले पढाएनौं अर्थात हाम्रो विज्ञानलाई लगेर ज्ञानसँग जोड्ने तर्फ ध्यानै दिएनौं । साइन्स इज एभ्रिवेयर भनेर हामीले कहिल्यै विद्यार्थीहरुलाई बुझाउन सकेनौं ।

सन् १९५० ताका अहिलेका युरोप अमेरिकामा पढाइ भएको विज्ञान अहिले नेपालमा पढाइ भइरहेको भन्दै तनहुँस्थित खैरेनी उच्च माविका प्राचार्य केशवराज घिमिरे भन्छन्, ‘शिक्षामा डिजिटाइज हुन सकेको छैन पढाउने शिक्षक नै आधुनिक रुपले पढाउन जान्दैनन् साइन्स ल्याब, कम्प्युटर ल्याब, मल्टिमिडिया ल्याब जस्ता भौतिक पूर्वाधार भएका विद्यालमा समेत शिक्षक विज्ञान बुझाउन सक्दैनन् सिक्ने सिकाउने दुवै पक्ष जागरुक हुने हो भने विज्ञान जस्तो सजिलो, चाखलाग्दो जीवनउपयोगी विषय अरु कुनै नभएको उनी बताउछन्  

विज्ञान शिक्षा, सधै निराशा

नेपालमा करिब ३६ हजार सामुदायिक करिब हजार निजी विद्यालयमा गरेर झण्डै ७५ लाख स्कुले विद्यार्थी छन् त्यसमध्ये माध्यमिक तहमा लाख उच्च माध्यमिक तहमा लाख छन् विश्वविद्यालयमा झण्डै लाख उच्च शिक्षा विद्यार्थी अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्यांङ्कले देखाउछ नेपालमा सन् १९९२० देखि त्रिचन्द्र कलेजमा विज्ञान विषय पढाउन थालिएको थियो त्यतिबेला विद्यालय तहमा विज्ञानलाई ऐच्छिक विषयको रुपमा राखिएको थियो पछि विज्ञानलाई अनिवार्य विषयको रुपमा राखिएको हाल विद्यालय तहको रुपमा कक्षादेखि १२ सम्मको परिभाषित गरिएको

शिक्षाविद् प्रा.डा. कोइराला आधारभूत तहदेखि नै विज्ञानका विषय नराख्नु वैज्ञानिक रुपले अध्ययन नगराइनुले समस्या उब्जाएको तर्क गर्छन् भन्छन्, ‘विज्ञान शिक्षा भनेको नै फरक शिक्षा हो भनेर हामीले पढायौं गाँउघरमा आधि गाग्रो पानी वोक्दा गाग्रो छचल्कियो, भरी गाग्रो पानी बोक्दा पानी छचल्किएन तर यस्मा भएको साइन्स खोजेनौं अर्थात विज्ञान भनेर हामीले अन्यन्त्रै खोज्यौं घरमा भएका जीवनमा भएका विज्ञान तर्फ चासो नै देखाएनौं तरकारीमा पहिला बेसार पछाडि नुन राख्छौं तर यो किन हो भनेर कहिले पढाएनौं अर्थात हाम्रो विज्ञानलाई लगेर ज्ञानसँग जोड्ने तर्फ ध्यानै दिएनौं साइन्स इज एभ्रिवेयर भनेर हामीले कहिल्यै विद्यार्थीहरुलाई बुझाउन सकेनौं

हालै एसईई परीक्ष सम्पन्न भएको आर्थिक वर्ष २०७३/७४ मा चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी परिक्षामा सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए दशमलव ६५ देखि सम्म ल्याएर उत्तीर्ण भएका छन् एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए दशमलव ६५ माथि कसैले पनि ल्याउन सकेनन् यस्तोमा गणीत विज्ञान विषयमा कम अंक ल्याउने विद्यार्थी धेरै थिए यी विषयमा थोरै अंक ल्याउदा विद्यार्थीहरुले समग्र परीक्षामा कम जिपिए ल्याए यस्ता विषयमा कमजोर भएकै कारण उच्च मावि विश्वविद्यालय तहमा विद्यार्थीहरुले यी विषय पढ्न खोज्दैनन्  

सरकारी विद्यालयमा मात्रै होइन, निजी विद्यालयका विद्यार्थीहरुले पनि विज्ञानलाई प्रयोगात्मक रुपमा नजानी एकोहोरो घोकेर अंक ल्याएका छन् यसले गर्दा विद्यार्थीहरुमा भविष्यमा विज्ञान क्षेत्र रोज्ने सम्भावना निकै कम भएको हो,’ प्रा. डा. कोइरालाले भने शिक्षक नै गैरजिम्मेवार छन् यति सजिलो रुचि लाग्दो विषयलाई कत्तिपनि व्यवहारिक रुपले पढाउन सकेनन्,’ उनी भन्छन्, ‘शिक्षकले आफूले जानेका कुराहरु पनि राम्रोसँग सिकाउन नसक्नु नै विद्यार्थी अनुत्तिर्ण कमजोर हुनुको कारण हो

Image result for science education in school

किन गुणस्तर हुन सकेन ?

सामान्यतयाविज्ञानले प्रमाण प्रायोग खोज्छ कक्षामा पढेका सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित गरेपछि नै विद्यार्थीले सिक्दछ विद्यार्थीले जबसम्म आफै अनुभुती गरेर जान्दैनन्, त्यसले विज्ञान पनि जान्दैन,’ प्रा. डा. कोइराला भन्छन् विद्यार्थी आफैले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्नेमा उनको जोड  ‘तर, हाम्रा अधिकांश विद्यालयमा दस कक्षासम्म विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन् विद्यालयमा केही शिक्षकले पढाएका छन् केहीले छैनन्, त्यसैको मारमा विद्यार्थी परेका हुन्,’ उनले भने .

अहिलको नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका शिक्षकका कारण नतिजा खस्केको शिक्षाविद् बताउँछन्  ‘शिक्षकलाई आवश्यक तालिम, ज्ञान सामाग्री छैन, जसले गर्दा उनीहरु आफैँ पनि समस्यामा छन् सरकारले हाल शिक्षक सेवा नियमावली संशोधन गरी विज्ञान, गणित, अंग्रेजी, लेखालगायत विषयमा अन्य संकाय पढेकाले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको तर, धेरै विद्यालयहरुले दक्ष शिक्षककै अभाव झेलिरहेका छन्,’ काठमाडौंस्थित पद्मोदय माविका विज्ञान शिक्षक विनोद भट्ट भन्छन् उनी थप्छन्, ‘कम्तीमा रगंीन पृष्ठमा विज्ञानका विषयवस्तु राखिदिने हो भने मात्रै विद्यार्थीमा छुट्टै प्रकारको रुची बढ्न थाल्छ ’ 

-शिक्षकमै कमजोरी
भनिन्छ, ‘विना गुरु विज्ञान विषयको अध्ययन अपूर्ण नै हुन्छ दक्ष गुरु विना उसले उत्पादन गर्ने चेला पनि कमशल नै हुन्छन् दक्ष गुरु विना भावी रेखा स्वयंमले कोर्छु भन्नु गलत नै हुन्छ यसकारण विज्ञान पढाउने शिक्षक पनि समयानुकल दक्ष हुन आवश्यक तर नेपालको परिप्रेक्ष्यमा पुरातन शैलीमै अध्यापन भइरहेकाले विद्यार्थीले उचित ज्ञान हासिल गर्न सकेका छैनन्  

शिक्षाविद्हरु यसलाई जेनेरेशन ग्यापका कारण मान्छन् शिक्षकले आफूले जसरी सिक्यो त्यसरी नै आजकलका विद्यार्थीलाई सिकाउन खोज्छ एउटा शिक्षकले विद्यार्थीको लर्निग क्यापेबिलिटी बझ्न पदर्छ विद्यार्थी कसरी सिक्न चाहन्छन् भन्ने कुरा स्यवम शिक्षकलाई थाहा हुनुपर्छ तर शिक्षक आफैले विज्ञान गारो भनेर हतोत्साहित गराउछन् विद्यार्थीमा यसको मनोवैज्ञानिक असर पर्न जान्छ,’ प्राचार्य घिमिरे भन्छन् उनी थप्छन्, ‘विज्ञान सजिलो भनेर कहिल्यै पनि पढाइएन राम्रोसग कोर्शसमेत पुरा नगर्ने शिक्षकहरु प्रशस्त छन्

आफ्नो पालामा जे पढे त्यही अनुसार शिक्षकले पढाइरहेको उनको भनाइ   ‘सिलेबल चेन्ज भएको , हरेक च्याप्टरमा प्राक्टिकल राखिदिएको , तर शिक्षकले यी कुरालाई वास्तै गर्दैनन् ८० प्रतिशत शिक्षकहरु विज्ञानमा अपडेटेड छैनन् अर्को समस्या ५५ वर्ष माथिका शिक्षकहरु भएर नि होला आजकलका बच्चा कसरी सिक्न चाहन्छन् भन्ने कुरा बुझ्ने शिक्षकको अभाव देखिएको हो,’ घिमिरे भन्छन्

-विज्ञानको अवैज्ञानिक पाठ्यक्रम

हाल विद्यालय तहमा राखिएको शैक्षिक पाठ्यक्रमको कारण पनि समस्या आइरहेको सरोकारवाला बताउछन् पाठ्यक्रम व्यवहारिक नै भएनन् बाहिरबाट नक्कल गरी पाठ्यक्रम बनाइन्छ अनि एकैपटक धेरै च्याप्टर राखिन्छ विषयवस्तु वर्षोसम्म परिवर्तन गराउन सक्दैनन्,’ प्राचार्य घिमिरे भन्छन् उनले स्थानीय रुपमा सहयोग हुने खालका कन्टेन्ट राख्न सक्ने हो भने धेरै हदसम्म अवस्था फेरिने तर्क राख्छन्  

साबुन बनाउने तरिका, बिजुलीको बल्ब बनाउने तरिका हाम्रो वातावरणमा उपलब्ध स्रोतबाट जानिन्छ दैनिक जीवन उपयोगी हुने कुरा सिकाउदा चाडै जान्दछन्,’ उनले भने विषयवस्तु धेरै राख्नभन्दा थोरै तर व्यवहारिक हुनेगरी राख्नपर्ने जोड उनको तर अहिले नेपालमा शिक्षामा नक्कल गर्ने चलन शिक्षा ऐन नियमावली परिमार्जन गर्न बसेका मान्छेहरु विदेश भ्रमणमा जान्छन् अनि उतैको कन्टेन्ट कपी गर्दै यहाका विद्यार्थीलाई थोपरिदिन्छन् यसले शिक्षक विद्यार्थी दुवैलाई अप्ठ्यारो परिरहेको देख्न सकिन्छ  

शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले आफुहरु पाठ्यक्रमलाई सरलीकृत ढंगले रुपान्तरण गर्ने काम गरिरहेको बताउछन् उनले शिक्षा विभागमातहत विद्यालय सञ्चालक, व्यवस्थापकलाई अभिमुखिकरण तालिम दिदै आएको यस क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न सम्बन्धित सबैको भुमिका रहने स्पस्ट गरे

-प्राक्टिकल अंक हचुवाकै भरमा
कक्षा १० मा अनिवार्य रुपमा २५ अंकको प्राक्टिकल हुन्छ तर, अधिकांश विद्यालयलमा हचुवाकै भरमा २५ मा २५ अंक दिएर पठाइन्छ नेपालमा / ओटा स्कुलमात्रै छन् होला प्राक्टिकल गराएरै अंक दिने यसको सबैभन्दा ठूलो भार विद्यार्थीलाई परेको प्राक्टिकल नै नगराएपछि विद्यार्थीलाई पूर्ण अंक दिनुपर्ने कुरा स्वभाविकै भए पनि थ्योरीमा बल्तल्ल पास भएको वा फेल भएको विद्यार्थीले प्राक्टिकलमा पुरा अंक पाउनु व्यवहारसंगत देखिदैन यसलाई गलत अभ्यास मान्नैपर्छ,’ पद्मोदयका शिक्षक भट्ट भन्छन्  हुन पनि प्राक्टिकल नै नगराएपछि कसलाई बढी कसलाई कम अंक दिने ? ‘प्राक्टिकल कक्षा कम भयो कतिपय विद्यालयमा सामग्री नै छैन,’ उनी भन्छन्  

-अनि विज्ञान ल्याब पर्याप्त ?
धेरै सामुदायिक निजी विद्यालयमा अझै पनि विज्ञानसम्बन्धी प्रयोगशाला छैनन् केही विद्यालयले उच्चमावि तहको विज्ञान पनि सञ्चालन गरेकाले देखाउनकै लागि ल्याब सुरु गरेका छन् तर जसरी सदुपयोग हुने विद्यार्थीले सिक्नुपर्ने थियो त्यो हुन नसकिरहेको सरोकारवाला बताउँछन् सामदायिक विद्यालयमा एनजिओ सरकारमार्फत विज्ञानका सामाग्री किने पनि दराजमा थुपारिएको शिक्षक नै जागरुक नहुदा त्यस्ता सामाग्री विद्यार्थीले देख्न पाएका होलान् तर प्रयोग गर्न पाएका छैनन् अपडेटेड शिक्षक भए विद्यार्थीले अवसर पाउछन्,’ प्राचार्य घिमिरेले भने

विज्ञान प्रयोगशालालगायतको विज्ञानको भौतिक पुर्वाधार वितरणमा पनि सरकारको नीति असमान रहेको सरोकारवाला बताउछन् आफूखुसी विद्यालयलाई सामाग्री दिनाले विद्यार्थीहरुमा थप विभेद हुने गरेको त्यस्तै विज्ञान ल्याबको अभावकै कारण प्रयोगात्मक शिक्षा हुन नसकेको कुरामा भने प्रा. डा. कोइराला सहमत छैनन् शिक्षककै गैरजिम्मेवारीपनका कारण विद्यार्थीहरु पछि परिरहेका हुन् विद्यार्थीका लागि एउटा घर, समाज नै प्रयोगशाला हो आफु नजिकको परिवेश नै प्रयोगशाला हो विज्ञान ल्याब भएन भनेर उम्किनु गैरजिम्मेवारीपन नै हो,’ उनले भने उनका अनुसार विद्यालय स्तरमा प्रयोगात्मक क्रियाकलापका लागि पर्याप्त साधनहरु छैनन् जसले गर्दा प्रत्यक्ष अनुभव गर्नुपर्ने विषय समेत अन्दाजमा चित्त बुझाउनु पर्ने अवस्था

ग्रामीण भेगका कतिपय स्कुलमा प्रयोगात्मक शिक्षाको मुद्धा त परको कुरा पाठ्यपुस्तक नै समयमा पुग्न सकिरहेको छैन । त्यस्तै शिक्षकको योग्यता र आवश्यकताअनुसार तालिम र क्षमता विस्तार नहुनु, शिक्षामा अति राजनीतिकरण, विद्यालयको अुनगमन नुहनु लगायतका कारणले पनि चुनौती आइरहेको छ । 

-नाम मात्रका तालिम
शिक्षकका लागि हुने विभिन्न तालिमहरु नाम मात्रै हुने गरेका छन् तलिम फलदायी नै छैन तालिम लिने दिने दुवै भत्ताका लागि मात्रै भयो,’ पद्मोदय माविका शिक्षक भट्टले भने उनले भत्ता बुझ्न स्कुलबाट काजमा जानका लागि शिक्षकहरु त्यस्ता तालिममा जान्छन् तर परिणाम शुन्य आफै योग्य शिक्षकलाई कसरी पढाउने भनेर तालिम दिनै आवश्यक नपर्ने उनको जिकिर भन्छन्, ‘कक्षा १० को प्राक्टिकलका लागि ट्टै विशेष तालिमको खाचो देख्दिन भइ आएका तालिम पनि पैसा पचाउने सुविधा लिने प्रयोजनका लागि मात्रै भएको ’ 

सामुदायिक विद्यालयमा शिक्षकहरुको जागिर खाने दिन कटाउने प्रवृत्ति निजी स्कुलमा कसरी अंक बढी ल्याउने भन्ने होडले नै गर्दा व्यवहारिक पढाइ हुन नसकेको तर्क उनको  भन्छन्, ‘विद्यार्थीलाई शिक्षकले घोकाइदिएको विद्यार्थीलाई बोझ थमाइएको तालिम नाम मात्रको हो ।’

चुनौती अबको बाटो 

विज्ञान विषयबारे यति धेरै समस्याहरुको कुरा गरेपछि यसको दोषी को होला भन्ने कुरा पनि स्पस्टै देखिन्छ मुख्य कुरा पठनपाठनमै समस्या देखिएको विद्यालयमा पढाइ हुने विज्ञान शिक्षा जटिल छैन तर, हामीले कहिल्यै विद्यार्थीको इच्छा बुझ्ने कोशिश गरेनौ हाम्रो मूल्यांकन अनुगमन भएन जसको प्रभाव परीक्षाफलमा देखियो अनि वहस छलफल चाहिँ प्रवेशिका परीक्षाको नतिजा पछि मात्रै यसरी चुनौती बन्नुको पछाडि विषय शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति परीक्षाप्रणाली मुख्य कारक रहेको बुझ्न गार्हो हुँदैन  

विद्यालय तहमा विज्ञान शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न अब ठूलो आवश्यकता रहेको शिक्षाविद्हरुको निश्कर्ष विज्ञान शिक्षाको गुणस्तर नउकासिदासम्म उच्च माध्यमिक वा विश्वविद्यालय तहको विज्ञान शिक्षाको गुणस्तरमा समेत सुधार आउन सक्दैन विद्यार्थीमा वैज्ञानिक सोच उत्सुकता विकास गर्न पनि विद्यालय तहदेखिनै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नु जरुरी विद्यालयमा विज्ञान शिक्षा सैद्धान्तिक कक्षामा सीमित हुने भएकाले नै विद्यार्थीले विज्ञान विषय राम्ररी बुझ्न पाएका हुदैनन फलतः विद्यार्थीलाई विज्ञान विषय जटिल निरस बन्न पुग्छ

आज विज्ञान शिक्षामा देखिएको समस्याका कारण यसप्रति विद्यार्थीले हेर्ने दृस्टिकोण नै जटिल बनिरहेको सरकारी स्कुलमा शिक्षकहरु जागिर पकाउने निजी स्कुलमा शिक्षकहरु बढी अंक ल्याउने गरी पढाउदा व्यवहारिक ज्ञान हासिल गर्न सकेको दैखिदैन कतिपय अवस्थामा पाठ्यक्रम पाठ्य पुस्तकको तालमेल समेत छैन शिक्षकहरु विज्ञानलाई जिवनउपयोगी ढंगबाट पढाउदैनन अझ ग्रामीण भेगका कतिपय विद्यालयमा विषय शिक्षक नै छैनन्

विज्ञान शिक्षामा सुधार नहुनुमा पक्कै शिक्षा मन्त्रालय वा राज्यका अन्य अंगहरुको पनि हात मन्त्रालयका कर्मचारीमा स्वदेशी कार्यक्रम लैजाने विद्यालय सुधारका लागी गाउँ-गाउँ पुग्ने, अनुगमनलाई कडा बनाउने भन्दा पनि तारे होटलका सेमिनारमा जाने, विदेशी कार्यक्रमलाई बढी प्राथमिकता दिने काम भएको देखिन्छ  

यता विज्ञान शिक्षकको क्षमतामा प्रश्न आइरहँदा शिक्षक छनोटमा भइरहेको विभेदकारी नियम पनि भुल्नु हुदैन क्षमता नभएको शिक्षक, समाजको मागअनुसार नभएको शिक्षक आदिका कारण विद्यार्थीले सही ज्ञान पाउन सकेका छैनन् ग्रामीण भेगका कतिपय स्कुलमा प्रयोगात्मक शिक्षाको मुद्धा परको कुरा पाठ्यपुस्तक नै समयमा पुग्न सकिरहेको छैन त्यस्तै शिक्षकको योग्यता आवश्यकताअनुसार तालिम क्षमता विस्तार नहुनु, शिक्षामा अति राजनीतिकरण, विद्यालयको अुनगमन नुहनु लगायतका कारणले पनि चुनौती आइरहेको  

जीवन उपयोगी हने शिक्षा प्रणालीको लागि बहस भएको धेरै भइसकेको खासगरी यहाको परीक्षा प्रणालीमा मुल्याकंन गर्ने तरिकामै प्रश्न उब्जिएको विज्ञानको पाठ्यक्रममा जीवनमा प्रयोग हुने वस्तुहरु राखिए पनि शिक्षक विद्यार्थी दुवैले बेवास्ता गर्ने गरेको पाइन्छ प्रयोगात्मक भनेर राखिएका त्यस्ता युनिट वा विषय व्यवहारिक रुपमा शुन्य नै सामान्यतः पढ्ने भनेको सिक्ने हो तर यहा पढ्ने भनेको परीक्षामा पास हुनका लागि मात्र हो भन्ने भ्रमहरु छन् यसलाई प्रमाणित गर्ने काम विद्यमान परीक्षा प्रणालीले गरिरहेको

विज्ञानका पाठ्यक्रमको फ्रेमवर्कमै परिवर्तन गर्नपर्ने आवश्यकता नेपालजस्तो कृषिप्रधान देशमा कृषिमा आधारित विज्ञानहरु पढाउन सके व्यवहारउपयोगी हुने थियो कृषिलाई विज्ञानले रुपान्तरण गर्न सक्ने थियो त्यस्तै जलविद्युत, वातावरण विज्ञान आदिसम्बन्धी सामाग्री राखिदिएको भए विद्यार्थीहरुले चाख मानी सिक्ने थिए साथै शिक्षण विधिमा समेत डिजिटल प्रणाली भित्र्याउनु पर्नेमा अब ध्यान दिनुपर्ने बेला आएको  

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा