शुक्रबार, २ कार्तिक, २०७५
Friday, 19 October, 2018

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको रहेको छ । चाइनिज युआन् १,३९९ मूल्य तोकिएको ओप्पो ए ८३ शेम्पेन तथा ब्ल्याक कलरमा चाइनामा उपलब्ध हुनेछ ।

दुइवटा सिम लगाउन मिल्ने ओप्पो ए ८३ अपरेटिंग सिस्टम एन्ड्रोइड  ७.१ नोगात भर्जनमा चल्छ । त्यस्तै फोन २.५ गिगाहर्ज ओक्टाकोर प्रोसेसर र ४ जीबी र्याम सहित प्याक भएको छ ।३२ जीबी इन्बिल्ट मेमोरी छ र २५६ जीबी सम्मको एसडी कार्ड सपोर्ट गर्द्छ ।

५.७ इन्च +एचडी (७२० x१४४० ) एलसीडी डिस्प्ले देखिएको फोनको एस्पेक्ट रेसियो १८:९ रहेको छ । सेल्फीफोन भनेर चिनिने ओप्पोको यस मोडेलमा क्यामेराको कुरा गर्दा १३एमपीको एलइडी फ्लाश लाइट सहितको  रियर क्यामेरा र ८ एमपी को फ्रन्ट क्यामेरा रहेको छ ।

प्रोक्सीमिटी,एक्सेलेरोमिटर  र कम्पास जस्ता सेन्सरहरु राखिएको ओप्पोको यो स्मार्टफोनमा नयाँ फेसियल  रेकग्नीशन प्रबिधिको प्रयोग गरिएको छ ।साथै ०.१८ सेकेन्डमानै फोन अनलक गर्न सकिने कम्पनि दावा गरेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा