सोमबार, ८ असोज, २०७५
Monday, 24 September, 2018

विन सर्भर कम्युनिटीले 'ग्लोबल अजुर बुटक्याम २०१८' आयोजना गर्दै

विन सर्भर कम्युनिटीले युनिग्लोब कलेजको सहयोगमा 'ग्लोबल अजुर बुटक्याम २०१८' आयोजना गर्ने भएको छ ।आइटी प्रोफेसनल तथा सफ्टवेयर डेभलपरहरुलागि उक्त इभेन्ट आयोजना हुन लागेको हो । 'ग्लोबल अजुर बुटक्याम  २०१८' मा पाँचौ बर्षको लागि रजिस्ट्रेशन खुला गरिएको छ ।

विश्वभरका आइटि प्रोफेसनलहरुले अजुर तथा क्लाउड कम्प्युटिंग सिक्न चाहन्छन । यसैक्रममा विनसर्भर कम्युनिटी नेपालले यो  अजुर बुटक्याम इभेन्ट एप्रिल २१,२०१८ मा आयोजना गर्न लागेको हो ।

आईटि प्रोफेसनल तथा आइटी अर्गनाइजेसनलाई मध्यनजर गर्दै यो इभेन्ट पुरै दिन अजुर सम्बन्धि टेक्नीकल सेसन राखिएको छ । यो इभेन्ट माइक्रोसफ्ट अजुर ट्रेनिंग किटमा आधारित सेसन र ल्याब सहित मिक्स हुनेछ ।

यो इभेन्टले आइटी कम्युनिटीका प्रोफेसनलहरुलाई फाइदा पुर्याउँछ । सेसनले  भने सर्विस फिचरको रुपमा इन्फ्रास्ट्रक्चर,डाटा सेन्टर, DevOps, Azure Intelligence आदिमा  मा बढी ध्यान पुर्याउंछ ।  

एप्रिल २१,२०१८ मा हुने Global Azure  Bootcamp 2018 इभेन्ट काठमान्डौको युनिग्लोब कलेजमा सम्पन्न हुनेछ भने क्याममा सहभागि हुनको लागि यो लिंक मा https://onedrive.live.com/survey?resid=1FBEFCC54D3402F!316586&authkey=!AERE6dlACGjzDl4  गएर रजिस्ट्रेसन गर्न सकिन्छ । यसका साथै बूट क्यामको लागि रजिस्ट्रेसन निशुल्क रहेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा