बिहीबार, ३ श्रावण, २०७५
Thursday, 19 July, 2018

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमको अफर,हजारको रिचार्जमा १५ प्रतिशत बोनस

नेपाल टेलिकमले नयाँ बर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्तालाई प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा छुटको अफर ल्याएको छ । टेलिकमले रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई रिचार्ज कार्ड मार्फ़त एक सय र २ सयको रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यस्तै, ५ सय र एक हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र यसको भ्यालिडिटि तीन दिनको हुने जनाइएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० गतेदेखि २०७४ बैशाख १३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई ०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत एक सय, दुई सय र तीन सय (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी ४ सय एमबी, ८ सय ५० एमबी र १ हजार ५ सय एमबी डाटा भोल्यूम उपलब्ध गराइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत दुई सय र तीन सय (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६.५ जिबी डाटा भोल्यूम उपलब्ध हुनेछ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि अंग्रेजीमा (डाटा) टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्छ । जस्तै : ४०० एमबी डाटा लिनका लागि डाटा ४०० एमवीटाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्छ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न (नाइट) टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहलाई ०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँ (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि (नाइट भ्वाइस) टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा