शुक्रबार, ११ जेठ, २०७५
Friday, 25 May, 2018

एलजीले सार्वजनिक गर्यो नयाँ मोडलको स्मार्टफोन एलजी जी ७ थिनक्यू

विश्वप्रख्यात कम्पनी एलजीले नयाँ मोडलको स्मार्टफोन एलजी जी ७ थिनक्यू,विश्वबजारमा सार्वजनिक गरेको छ । अघिल्लो बर्षको एलजी जी ६ ले राम्रै सफलता पाएका कारण कम्पनीले एलजी जी ६ थिनक्यू बजारमा ल्याएको हो ।

यो,डिस्प्ले नच,लेटेस्ट जेनेरेसनको चिपसेट तथा नयाँ डुअल क्यामेरा सेटअपको साथमा बिल्कुलै नयाँ र ताजा डिजाइनमा आएको छ। यसमाथि पनि यो नयाँ फ्लागशिप मोडलमा लाउड स्पिकर,एलसीडीमा ब्राइट डिस्प्ले लगायत अन्य थुप्रै फिचरहरु समावेस छन् ।

यो नयाँ ह्यान्डसेटमा ६.१ इन्चको ठुलो आइपिएस एलसिडी डिस्प्ले छ र यसको रेजोलुसन ३१२०x१४४० (QHD+) छ । फोनमा आइपीएस एलसिडी प्रयोग गरिएको छ,जुन प्राय फ्लागशिप फोनहरुमा बिरलै प्रयोग हुन्छन् । यसको प्रयोगको बावजुत पनि यसको डिस्प्ले धेरै उज्यालो छ । यो डिस्प्ले सँगै एलजी जी ७ थिनक्यू अहिले सम्मकै तेज स्मार्टफोन बनेको छ ।

अघिल्लो बर्षको एलजी जी ६ मा क्वालकम स्नापड्रागन ८२१ प्रयोग भएको थियो जसलाई अपग्रेड गरेर यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिएको छ । यसकारण फोनले  पहिलेको भन्दा धेरै छिटो र पावरफुल प्रस्तुती दिन्छ भन्ने आशा गर्न सकिन्छ ।

यो फोन ४ जीबी र्याम र ६ जीबी र्याम गरेर  दुईवटा संस्करणमा आएको छ र यसमा ६४ जीबीको इन्बिल्ट स्टोरेज छ,जसलाई ४०० जीबी सम्म बढाउँन सकिन्छ । त्यसैले फोनमा धेरै भन्दा धेरै एप्लिकेशनको प्रयोग गर्न र ठुला डाटाहरु डाउनलोड गर्नका लागि कुनै पनि सम्झौता गर्न पर्दैन् ।

यो फोनको रियरमा स्ट्यान्डर्ड एंगल क्यामेरा र वाइड एन्गल गरि डुअल क्यामेरा सेटअप रहेको छ । स्ट्यान्डर्ड एंगल क्यामेरामा १६ मेगापिक्सेल तथा ७१ डिग्री field-of-view र एफ/१.६ एपर्चर छ भने र वाइड एन्गल क्यामेरामा पनि १६ मिगपिक्सेल सेन्सर र १०७ डिग्री field-of-view र एफ/ १.९ एपर्चर छ । सेल्फी तथा भिडीयो च्याटका लागि भने एफ/१.९ एपर्चर सहितको ८ मेगापिक्सेल क्यामेरा रहेको छ ।

एलजीको यो सेटमा ब्याट्री पनि ३००० एमएएच क्यापसीटिको रहेको छ । यसले क्वीकचार्ज ३.० वायरलेस चार्जिंग सिस्टम सपोर्ट गर्छ । यसका साथै यसमा 32-bit Hi-Fi Quad DAC Boombox Speaker जस्ता  फिचरहरु समेत समावेस छन् ।

न्यु-योर्क शहरमा आयोजना भएको बिशेष कार्यक्रममा एलजीले उक्त LG G7 ThinQसेट सार्वजनिक गरेको हो ।तर कम्पनीले यसको मूल्य कति रहने भन्ने बारेमा केहि जानकारी दिएको छैन। उक्त सेटको मूल्य रु १ हजार अमेरिकी हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा