बिहीबार, १ कार्तिक, २०७५
Thursday, 18 October, 2018

ओपोद्वारा स्मार्ट सेल्फीका लागि ए८३ को नयाँ भर्सन सार्वजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै बर्षको ज्यानुअरी महिनामा सार्वजनिक गरिएको लोकप्रिय ओपो ए८३को परिस्कृत भर्जन हो । तिब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि  ओपो ए ८३ २०१८मा कम्पनीले ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ ।

साथै, यूवा पुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध  गरिएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ ।

१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३को मूल्य रु. २७,४९० निर्धारण गरिएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ ।  

ओपो ए८३ (४जीबी)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उत्पादन तथा तिनमा निहित प्रविधिमा निरन्तर सुधार ओपोका लागि सँधै प्राथमिकताको बिषय हो ।

हाम्रा उपभोक्ताका आवश्यकता तथा मागको सम्बोधनका लागि हामी निरन्तर प्रयासरत छौँ । ज्यानुअरीमा सार्वजनिक ओपो ए८३को परिस्कृत भर्जन ए८३ २०१८ मार्फत हामी किफायती बजेटमा स्मार्ट सेल्फी तथा शार्प परफरमेन्स चाहने उपभोक्ताका माग सम्बोधन गर्नमा समर्थ हुन्छौँ भन्ने अपेक्षा लिएका छौँ । ’

फ्ल्यागशिप फुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक

ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ४ जीबी ¥यामले तिब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।

एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ–शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ । (फरक परिवेशमा ओपो टेष्ट डाटामा परिवर्तन आउन सक्छ) ।


फ्ल्यागशिप फुल स्क्रिन, स्पिडी फेसियल अनलक र फेशनेबल लुक


ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ ।

आज सम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिन यसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ । 


सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधापनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।

 
डिजाइन ः

ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) मा आधारित भइ  गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । 

एआई ब्यूटी रिकग्निसन प्रविधि
ओपोका एफ सिरिज तथा ए सिरिज उत्पादनमा समाहित गरिएको एकिकृत ब्यूटी फञ्सन विशेष गरी यूवा तथा ट्रेण्डि पुस्ता माझ विशेष लोकप्रिय बन्न सफल भएको छ । ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ । 


साधारण शब्दमा भन्नु पर्दा एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ । यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा