आइतबार, ६ श्रावण, २०७५
Sunday, 22 July, 2018

ओपोद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो ५ जी भिडियो कल ‘डेमो’ को घोषणा

ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूटले  कम्पनीद्वारा थ्रिडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५ जी भिडियो कल डेमोको सफल परिक्षणको घोषणा गरेको छ । परिक्षण मार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजि द्वारा विकसित ५ जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्रेट छवि प्रकाशित गरिएको थियो ।

यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५ जी प्रविधिको औद्योगिक रुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको छ । ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५ जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एसको प्रयोग गरिएको थियो ।

परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सूचना ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत  गरिएको थियो  ।

        थ्रीडी डायनामिक मोडलिङ, थ्रीडी भिडियो कलिङको आधार हो ।

ओपो रिसर्च ईन्स्टिच्यूटका  हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५ जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख  हाम्रो दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि यो अत्याध७३घढसनिक प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने छ ।

       ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियान

करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च तथा डेभलपमेण्ट तथा ५ जी उत्पादनको विकासका लागि अन्तराष्ट्रिय मानक निर्धारण कार्यमा सक्रिय रुपले लागि रहेको छ । सन् २०१८ को जनवरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज् संगको सहकार्यमा ५ जी पाइलट प्रोग्रामको घोषणा गरेका थियौँ । साथै, सन् २०१९सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न लागि परेका छौँ । स्ट्यान्डराइजेसन रिसर्च ग्रुप  अफ ओपो रिसर्च इन्स्टिच्युटका निर्देशक ट्यांग हाईले भने ।

     स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक, ट्यांग हा

उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्नेछ । यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको छ । 

        सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ,शन यान

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , शन यानका अनुसार मोबाइल ईन्टरनेटले भौतिक र डिजिटल विश्व विचको सिमालाई धमिल्याउँदै लगिरहेको छ । साथै, निकट भविष्यमा प्रयोगकर्ता अनुभवलाई थप बृहत्त बनाउन थ्रीडी कन्टेण्ट एक प्रमुख कारकका रुपमा विकसित हुने देखिन्छ । ईमेजिङ प्रविधि तथा प्रयोगकर्ताको आवश्यकता प्रतिको पृथक जानकारीका माध्यमबाट भविष्यमा  नवप्रबर्तनात्मक प्रयोगमा आधारित एप्लिकेशनको विकास गर्दै जानेछौँ । थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको उपयोग गर्दै प्रयोगकर्तालाई अदृत्तिय मोबाइल अनुभव प्रदान गर्नेछौँ । साथै, सेक्योर पेमेण्ट, थ्रीडी रिकन्स्ट्रक्सन, एआर तथा गेमिङका सम्भावनापनि केलाउँदै उपयोगितामा लाने हाम्रो योजना रहेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा