बिहीबार, १ कार्तिक, २०७५
Thursday, 18 October, 2018

गूगलले पहिलो स्मार्टवाच सार्वजनिक गर्दै

अमेरिकी बहुराष्ट्रीय प्राविधिक कम्पनी गूगल द्वारा बनाईएको प्रथम स्मार्टवाच २०१८ सालको अन्ततिर सार्वजनिक हुने अनुमान गरिएको छ

भरपर्दो र सहि लीक न्यूज दिने टेक लीकर- एभलीक्सका अनुसार , गूगलले आगामी फल हार्डवेयर कार्यक्रममा पिक्सेल ३, पिक्सेल ३ एक्सेल र सेकेन्ड-जेन पिक्सेल बड्सका साथ आफ्नो नयाँ पिक्सेल वाच पनि सार्वजनिक गर्नेछ

जर्मन टेक ब्लग,  विन फ्युचरले पनि सो समाचारको पुष्टि गर्दै उक्त्त स्मार्टवाच क्वालकोमको नयाँ वेयरएबल प्लेटफर्ममा आधारित गूगलको वेयर ओएसमा संचालन हुनेछ।

 

वेयर ओएस स्मार्टवाचका लागि नयाँ उच्च-निष्पादन अवरोधी चिप को समाचार संगैपिक्सेल वाच यो नेक्सट-जेने प्रोसेसर को उपयोग गर्ने पहिलो हुन सक्छ । पहिले एन्ड्रोइड वेयरको रुपमा चिनिने वेयर ओएस एलजी,  एस्स, फोस्सिल, ह्वावेई, लेनोभो, मौन्ट ब्ल्यांक आदि जस्ता ब्रान्डका स्मार्टवाचहरुमा सञ्चालन भैरहेको छ । तथापि, यी स्मार्टभिडियोहरूले बजारमा एप्पल, साओमि र फिटबिट ( जुन वेयर ओएसमा संचालन गर्दैनन्) जस्ता ब्रान्डका स्मार्टवाचहरु संग राम्रो प्रतिस्पर्धा गर्न सकेनन्।

 

एन्ड्रोइड पीमा आधारित, वेयर ओएसको आगामी संस्करणमा अधिक स्वायत्तता हुनेछ,  जुन यसको अहिलेसम्मको कमजोर अंकहरू मध्ये एक थियो। यस्तो हुदा एप्प्सहरु वाच चार्ज गर्दा मात्र पृष्ठभूमिमा चल्न सक्षम हुनेछन्।

यसरी ब्याट्रीको पावर बचत र ब्याट्रीको जीवन विस्तारमा पनि फाइदा हुन्छ । थप रूपमा, स्क्रीनको पढ्न सकिने योग्यता र बिजुलीको खपतको लागि एउटा नयाँ अझ अंध्यारो युजर इन्टरफेस डिफल्टमा स्थापित गरिने छ । 

निश्कर्षमा भन्नु पर्दा, नेक्सट-जेने प्रोसेसर र अपग्रेडेड ओएस संस्करणले सुसज्जित पिक्सेल वाच २०१८ सालको अन्तिम तिर सार्वजनिक हुने अनुमान गरिएको छ । उक्त्त पिक्सेल वाचले एप्पल कम्पनीको एप्पल वाचसंग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्क्षम भएको विश्वास गरिएको छ ।    

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा