सोमबार, ४ भदौ, २०७५
Monday, 20 August, 2018

कसरी सुरु भयो रोबोट प्रबिधि ?

 
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्र भित्र पनि जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरिन्छ । यसभित्र मानिसहरु संग दोहोरो संबाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ ।

रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बनियो होला र कसले निर्माण गर्यो होला आदि अनेकौ उत्सुकता धेरैमा हुन सक्छ । रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको बिकास भएका तथ्यहरु उल्लेख गरिएका छन् ।

रोबोटहरु हिड्न सक्छन् ,आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन्  । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् ।अहिलेका आधुनिक ह्युमोमोइड रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् । 


प्राचिनकालमा रोबोटलाई  रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स ’(rossums universal roberts) नामक नाटकमा प्रयोग गरिएको थियो । रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो । 

ग्रिकका देवता हेफेस्टसले यान्त्रिक कर्मचारीहरु निर्माण गरेका थिए । त्यस्तै यहुदीको कथामा माटोको गोलेम,पिगमेलियनको पौराणिक मुर्ति गालातिया समेत जीवित भएका,अनेकौ पौराणिक कथाहरु छन् । यसकारण अटोमेटा अर्थात् रोबोटको इतिहास प्राचिन चीन,प्राचिन ग्रिस र इजिप्ट लगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृति संगै विकास भएको मानिन्छ ।


तर  वास्तबमै सबै भन्दा पहिले रोबोटको निर्माण भने इसापुर्बको चौथो शताब्दीका एक जना ग्रिकका दार्श्निक अर्काइटसले गरेका थिए । दार्श्निक भएतापनि अर्काइटस म्याथम्याटिसियन,एस्ट्रोनोमर तथा स्ट्राटेजिस्ट समेत थिए । उनले आँफै उड्न सक्ने द फ्लाईङ पिजन नामको एउटा डिभाइसको निर्माण गरेका थिए ।

यो डिभाइस वाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यहि स्वचालित डिभाइसलाइनै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यहि प्रयोग रोबोटिक्सको इतिहासमा कोषे ढुंगा साबित भयो । 


तत्पश्चात् अलेक्जेन्ड्रीयाका हिरोले वाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे ।

यसपछि दशौ शताब्दितिर चीनमा सु(सोंगले एउटा घण्टाघरको निर्माण गरे जहाँ एउटा यान्त्रिक मुर्तिले हरेक घंटामा घन्टी बजाउने काम गर्दथ्यो ।

रोबोटहरु मानव आकृतिको जस्तो मात्र नभएर जनावर जस्तो र अन्य कुनै बस्तुको आकारमा पनि बनिएका छन् । 


चौधौ शताब्दीको अन्त्य तिर आधुनिक रोबोटको विकास सुरु भयो । त्यतिबेला लियोनार्दो दा भिन्चीले आधुनिक ह्युमोनोइड रोबोट बनाउनको लागि खाका तयार गरेका थिए । १९५० तिर दा भिन्चीका नोटबुकहरु पुनस् खोजि गरियो । जहाँ, यान्त्रिक योद्धाहरुको चित्र भेटिएको थियो । यसकारण अहिले यी रोबोटहरुलाइ लियोनार्दो रोबोटको  नामले चिनिन्छ ।

ती रोबोटहरु बस्न तथा हिडडुल गर्न र हात चलाउन सक्छन् ,यिनीहरुको टाउको र अनुहार समेत चल्छ ।
यस पछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिसशिगे तानाका जसलाई जापानका एडीसनको रुपमा समेत चिनिन्छ,उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । ती मध्ये केहिले चिया बाड्ने तथा तिर हान्न सक्ने  थिए भने केहि जापानी कान्जीका चरित्रहरु पनि थिए । 


यसरि १८ औ दशकतिर बिस्तारै ह्युमोनोइड रोबोटको बिकास हुँदै गयो । साधारणतया मानव ब्यबहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिस संग मिल्दो जुल्दो रुप रेखा भएका रोबोटहरुलाई  ह्युमोनोइड रोबोट भनिन्छ ।

रोबोटले बोल्ने देखि लिएर जति पनि मानवीय आचरणको नकल गर्छ त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्दी र बिबेकको प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा  फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेट सहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।


सामान्य स्वचालित रोबोट भने मानिस जतिकै लचिला  हुँदैनन् । तर यिनीहरु आरामले  घुमफिर गर्न सक्छन् । कम्प्युटर जस्तै स्वचालित रोबोटहरु पनि सफ्टवेयर तथा अन्य साधनहरु सँग जोडिएका कारण,मानिस अथवा कुनै पनि बस्तुलाई सजिलै पहिचान गर्न सक्छन्,कुराकानी गर्न र साथी बन्न सक्छन्,वरपरको वातावरणमा पनि निगरानी राख्न सक्छन । सामान्य स्वचालित रोबोट भिन्न भिन्नै प्रकारका कार्यहरु एकैसाथमा गर्न सक्छन र अन्य धेरै उपयोगी कार्य गर्न सक्छन् ।  


१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटर सहित एल्युमिनियमको कवच सूट थियो ।उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो।


यसपछि १९३९ मा वर्ल्ड्स फेयरमा अर्को इलेक्ट्रो नामको अर्को ह्युमोनोइड रोबोट देखा पर्यो । जसको उचाई सात फिट (२.१मिटर ) र वेट २५६ पाउण्ड (१२०केजि) थियो । यो रोबोटले भ्वाइस कमाण्डमा हिड्न र ७०० शब्द बोल्न सक्थ्यो । यसका अलावा सिगरेट पिउने बेलुनमा हावा  भर्ने तथा हात र टाउको हल्लाउने समेत गर्न सक्थ्यो । यसको शरीरमा एक स्टील गियर क्यामेरा थियो र मोटर स्केलेटेन थियो जसलाई अल्मुनियम स्कीनले ढाकिएको थियो । 


यसरिनै २१ औ शताव्दी सम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृतिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयाशको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेशिनहरु भने केवल २० औ शताब्दीमा आए ।  विश्वमा पहिलो कमर्शियल,डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए,जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनको लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो । 


आज विश्वसनीयताका साथ काम गर्ने बाणिज्य तथा औधोगिक रोबोटहरु व्यापक रुपमा सहज मुल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पुर्याउने कामका लागि पनि रोबोटहरूको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज,सर्जरी,हतियारको निर्माण, प्रयोगशाला अनुसंधान र उपभोक्ता र औधोगिक उत्पादनको लागि गरिंदै आइएको छ ।
 

सम्बन्धित समाचार
ट्वीटरमा