बिहीबार, ३ श्रावण, २०७५
Thursday, 19 July, 2018

बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ । 

नेपाल शैक्षिक परामर्श संघ (ECAN)ले बाहै बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले काठमाडौंको भृकुटीमण्डपमा आगामी श्रावण ०३ – ०६ गते, २०७५ (July 19 - 22, 2018) मा बाहै ECAN बृहत शैक्षिक मेला २०७५ आयोजना गर्दैछ । यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको हो 

यस १२ औ (ECAN) शैक्षिक मेलामा एक लाख भन्दा वढि महानुभावहरुले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने छ ।

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्प को पनि ब्यवस्था गरिएको छ । त्यस्तै नेपाल शैक्षिक परामर्श संघले विभिन्न मिडिया ग्रुपसँग मिलेर आपसि हितका लागि सहकार्य गर्नेछ ।

वन अप प्रा. लि.को व्यवस्थापन मा सम्पन्न हुने यस मेलाको प्रजेन्टरमा ब्रिटिस काउन्सिल रहेको छ भने टाईटल स्पन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रा. लि. रहेको छ ।

ECAN बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा हामि विश्वस्त छौ ।  

नेपाल शैक्षिक परामर्श संघ (ECAN) संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको गैह्र नाफा मुलक गैह्र सरकारी संस्था हो ।

यसका साथै भ्ऋब्ल् को उद्देश्य नेपालका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको नेतृत्व गर्ने भएको हुँदा यसका सबै प्रयत्नहरु आफ्ना सदस्य कम्पनीहरुले सेवाग्राही विद्यार्थी तथा अभिभावकलाई प्रदान गर्ने सेवाको पारदर्शीता एवम् गुणस्तरीय व्यवसायीकताको प्रत्याभुती समेत रहेको छ ।

यस कार्यका लागि यस संघका चितवन, कास्की,ललितपुर तथा पुर्वाञ्चलमा गरि ४ वटा शाखाहरु रहेका छन भने रुपन्देहिमा सम्पर्क केन्द्र गठन गरिएको छ । यस संघमा अधिराज्यभर ३८८ सदस्य संस्थाहरु आवद्ध रहेका छन ।
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा