सोमबार, ८ असोज, २०७५
Monday, 24 September, 2018

स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने कुराहरू

हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान गरिएको हुन्छ र त्यसले नै कयौ प्रयोगकर्तालाइ आकष्ति गरिरहेको हुन्छ । आजभोली स्मार्टफोनमा भएको क्यामेरा हेरेर फोन खरिद गर्ने नियती नै बनेको छ । यहिलेको युवापुस्ताले फोन कल र म्यासेज पछि अत्याधिक प्रयोग गर्ने फिचर भनेको मोबाइलको क्यामेरा नै हो । 
चाँडपर्वका बेल परिवार सँग बिभिन्न फोटा खिच्दा होस वा साथीभाईसँग भएका बखत सेल्फी लिँदा, क्यामाराको प्रयोग बढ्दो छ । प्रोफेसनल क्यामारा सबैको नेपालीको पहुचको वस्तु नभएकाले पनि क्यामारा युक्त स्मार्टफोन धेरैको रोजाइमा पर्न सफल भएको छ । दिनहु विभिन्न कामकाजमा सर्बाधिक प्रयोग गरिने भएपनि स्मार्टफोनको कयामाराकाबारे हामीलाई कयौ कुरा थाहा नभएको हुन सकछ । यी हुन स्मार्टफोन क्यामाराबारे तपाइले जान्नैपर्ने कुराहरू ।


मेगापिक्सेल ः मेगापिक्सेल जसलाई छोटकरीमा एमपी पनि भन्ने गरिन्छ जुन क्यामाराबाट पैदा हुने फोटोमा रहने पिक्सेल नाप गर्ने इकाइ हो । एक मेगापिकसेल बराबर एक मिलियन पिक्सेल हुन्छ । जसको मतलब १० मेगापिक्सेल क्यामाराले खिचेको तस्विरमा १० मिलियन पिक्सेल रहन्छ । सामान्यतया जति बढि मेगापिक्सेल त्यती राम्रो क्यामेरा भन्ने बुझाई जनमानसमा रहेको छ तर मेगापिक्सेल केबल अंक मात्र हो । कयौ अवस्थामा १२ मेगापिक्सेलको कयामेराले पनि १८ मेगापिक्सेलको भन्दा राम्रो क्वालिटीको फोटो खिच्न सक्छ । मेगापिक्सेल भन्दा क्यामारामा प्रयोग गरिएको लेन्सको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।


सेन्सर साइज ः सेन्सर साइजले पनि स्मार्टफोनमा भएका क्यामेराले खिच्ने फोटोको गुण्स्तरमा ठूलो प्रभाव पारिराखेको हुन्छ । जति ठूलो सेन्सर त्यति नै बढि त्यसले देख्न सक्छ जसका कारण राम्रो फोटो खिच्न सकिनछ । प्राय स्मार्टफोनहरूमा रहने सेन्सरको साइज ०.३३ इन्च हुने गरेको पाइएको छ भने कुनै स्मार्टफोनहरूमा भने त्यो साइज झण्डै एक इन्चको हाराहारीमा रहने गरेका छन । जति ठूलो सेन्सर त्यति नै धेरै पिक्सेल । यदी दुइ वटा बराबर मेगापिक्सेल क्यामारा भएका स्मार्टफोन तर एउटाको सेन्सर अर्को भन्दा ठूलो भएको अवस्थामा सेन्सरको साइज ठूलो भएको क्यामाराले राम्रो क्वालिटीको सट प्रदान गर्छ ।


सिसिडी र सिएमओएस (सिमोस) ः स्मार्टफोनमा प्रयोग हुने सेन्सरको दुई किसिम छ । ती हुन सिसिडी ( चार्जड कपल्ड डिभाइस)र सिएमओएस (कम्प्लीमेन्टरी मेटल अक्साइड सेमिकन्डक्टर) । पहिले पहिलेका स्मार्टफोनहरूले सिसिडी प्रयोग गर्थे भने अहिलेका मोर्डन स्मार्टफोनहरूले भने उच्च प्रविधियुक्त र तुलनात्मक रूपमा महंगो सेन्सर सिएमओएस प्रयोग गर्ने गरेका छन् ।


एपेरेचर ः क्यामेराको अर्को महत्त्वपूर्ण तत्त्व हो त्यस क्यामेराको एपेरेचर । सामान्यतया एपेरेचरलाई ‘एफ’ले अंकित गर्ने गरिन्छ । यदि तपाइले f/2.0, f/1.8 यस्तो लेखिएको देख्नु भएको छ भने त्यो त्यस क्यामेराको एपेरेचर सम्बन्धि जानकारी प्रदान गरिएको हो । जति सानो अंक त्यति नै ठूलो तयस क्यामेराको एपेरेचर जसबाट धेरै प्रकाश क्यामेरा भित्र प्रवेश गर्न सक्छ । कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने क्यामारा सहितको स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने तपाइले क्यामारा छनौट गर्दा कम भन्दा कम एपेरेचरको क्यामारा छनौट गर्नुपर्नेछ ।


आइएसओ र सटर स्पीडः एपेरेचर जतिकै क्यामेराका अरू दुइ महत्त्वपूर्ण अंश हुन आइएसओ र सटर स्पीड । सटर स्पीड क्यामाराको लेन्स फोटो खिच्नका लागि कति समयसम्म खुल्ला रहन्छ भन्ने जानकारी गराउने इकाई हो भने आइएसओले क्यामेरा उपलब्ध प्रकाशसँग कत्तिको सम्बेदनशील छ त्यसको जानकारी गराउने काम गर्छ । जति बढि आइएसओ त्यती नै त्यसको प्रकाशप्रति सम्वेदनशीलता रहन्छ । १०० आइएसओमा क्यामेरालाई तस्बीर खिच्न १ सेकेन्ड लाग्छ भने ८०० आइएसओमा तस्बीर खिच्न ०.१२५ सेकेन्ड समय लाग्ने गर्छ ।


सटर स्पीड भनेको फोटो खिच्नकालागि क्यामाराले लिने समय हो । प्रयोगकर्ताले क्यामाराको सटर स्पीडलाई सजिलै परिवर्तन गर्न सक्छन् । जति बढि क्यामाराको सटर स्पीड त्यती धेरै प्रकाश क्यामाराले कैद गर्न सक्छ तर यसको कमजोर पक्ष भनेकै क्यामारा ह्ल्लँदा धमीलो फोटो पैदा गर्नु हो । तुरून्त फोटो खिच्नका लागि कम सटर स्पीड उपयोगी हुन्छ भने कम प्रकाशमा आतिसबाजी लगायतको फोटो खिच्न लामो सटर स्पीडको प्रयाग गर्न सकिन्छ ।



इमेज स्टेबिलाइजेसन ः इमेज स्टेबिलाइजेसन भनेको क्यामारा सामान्य हल्लनबाट त्यसलाई बचाउनु हो । क्यामारालाई हल्लन नदिई त्यसबाट पैदाहुने तस्विीरण्लाई स्थीर राख्नुनै इमेज स्टेबिलाइजेसन हो । सामान्यतय इमेज स्टेबिलाइजेसन दुई प्रकारका हुनछन् ः डिजिटल इमेज स्टेबिलाइजेसन र अप्टिकल इमेज स्टेबिलाइजेसन ।

 

डिजिटल इमेज स्टेबिलाइजेसन प्रविधिमा सफ्टवेयको प्रयोग गरि तस्बिीरलाइ सामान्य हल्लाइबाट बचाइनछ भने अप्टिकल इमेज स्टेबिलाइजेसनमा मेकानिकल विधिको प्रयोग गरेर क्यामेराको लेन्सलाई स्थीर राखिन्छ । कम प्रकाशमा फोटो खिच्नका लागि डिजिटल स्टेबिलाइजेसन भन्दा अप्टिकल स्टेबिलाइजेसन बिधि तुलनात्मक रूपमा राम्रो मानिन्छ ।


एचडि र फोरके(4K) ः क्यामेराका प्रयोगकर्ताले जान्नैपर्ने क्यामाराको अर्को पक्ष हो एचडि र फोर के । एचडि र फोरके भनेको मेगापिक्सेल जस्तै क्यामेराको रिजोलुसनको मापन भएपनि यसलाई भिडियोसँग सम्बन्धित गराएर हेर्ने गरिन्छ । एचडीको पूरा रूप हाइ डेफिनेसन हो जुन १९२० पिक्सेल x १०८० लाइन हुन जान्छ । फोरके जसलाई अल्ट्रा एचडी पनि भन्ने गरिन्छ त्यो एचडीको ठिक दोब्बर हो र जुन ३८४० x २१६० लाइन हुन जान्छ । त्यसैगरि एटके 8k फोरकेकोे 4k ठिक दोब्बर हुने गर्छ ।

फोरके भिडियोहरूले ओघट्ने मेमोरी स्पेस एचडीको दोब्बर जस्तो हुने भएकाले कम मेमोरी भएका स्मार्टफोनहरूका लागि यो रामं्रो मानिदैन । फोरके रिजोलुसनको भिडियो खिच्न सक्ने क्षमता भएका कयौं स्मार्टफोन बजारमा आएपनि फोरके भिडियो चलाउन सक्ने स्मार्टफोन बजारमा बिरलै पाइने गरेका छन् ।


र फरम्याट ः प्राय स्मार्टफोनले जेपिइजी फरम्याटमा इमेज सेभ गर्ने गर्छन तर केहि हाइ–इनड डिभाइसले भने र फरम्याटमा इमेज सेभ गर्ने गर्दछन् । र फरम्याट प्रोफेसनल फोटोग्राफरहरूकालागि राम्रो मानिन्छ । यो फरम्याटमा फोटो क्यामाराको सेन्सरले जेस्तो देख्छ त्यसलाई जस्ताको त्यस्तै तस्विीर सेभ हुनेगर्छ तर जेपिइजी फरम्याटमा इमेजलाइ अप्टीमाइज गरेर मेमोरी सेभ गर्ने हिसाबले सेभ गर्नेगर्छ । जेपिइजी फरम्याटको तुलनामा र फरम्याटमा रहेको इमेजलाई सहजै सच्याउन सकिन्छ ।


सफ्टवेयर र एप्स ः उत्कृष्ट लेन्स, क्यामाराको सेन्सर र स्टेबिलाइज इमेज भएतापनि खराब सफ्टवेयर र एप्सको प्रयोगले तपाइले खिचेको फोटोमा नराम्रो असर पार्न सक्छ । जसरी लेन्स, सेन्सर र स्टेबिलाइजेसन जरूरी छ त्यसैगरि त्यत्तिकै महत्त्वपूण छ स्मार्टफोनमा प्रयोग हुने सफ्टवेयर र एप्स ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा