शुक्रबार, ३० कार्तिक, २०७५
Friday, 16 November, 2018

३ वटा रियर क्यामेरा भएको समासुङ ग्यालेक्सी ए७ (२०१८) बजारमा

हुवाईको ट्रिपल क्यामेरा भएको “हुवाई पि२० प्रो” मार्चमा लन्च भएपछि दक्षिण कोरीयाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले पनि ट्रिपल क्यामेरा भएको सामसुङ ग्यालेक्सी ए७ (२०१८) नेपाली बजारमा पनि उपलब्ध भएको छ ।


कम्पनीले अहिले प्रि बुकिङ लिइरहेको यो फोनको मुल्य रु ४२ हजारको हाराहारीमा छ । यसको ६ इन्च स्क्रिन रहेको यसमा एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ रहेको छ । यसमा ४÷६ जीबी ¥याम र ६४÷१२८ जीबी स्टोरेज रहेको छ । यसमा मुख्य विशेषता भनेकै ट्रिपल रियर क्यामेरा २४ एमपी÷८ एमपी÷५ एमपी हो । यसको सेल्फी क्यामेरा २४ एमपी रहेको छ ।

यसर्थ सामसुङले हुवावे, ओप्पोको क्यामेरा फोनहरुसँग प्रतिस्प्रधाको लागि यो सेट बजारमा ल्याएको हो । यसको अन्य विशेषतामा आइएसओ कन्ट्रोल सेटिङ, फेस डिटेक्सन, अटो फ्ल्यास, डिजिटल जुम, टच टु फोक्स, एचडीआर मोड र कन्टीनियस सुटिङ रहेको छ । यसमा सिङगल वा डुअल नानो सिम को प्रयोग गर्न सकिन्छ । 


नन–रिमुभएबल ३३०० एमएएच ब्याट्री रहेको छ । यसको अन्तराष्ट्रिय बजारमा ४१० अमेरीकी डलर र ३५० यूरो मूल्य बताईएको छ । यसको  १२८ जीबी स्टोरेज मोडलको नेपाली बजारमा रु.४२,९९० मूल्य रहेको छ । १६८ ग्राम तौलमा रहेको यो फोन ब्लाक, ब्लु, गोल्ड र पिंक कलरमा उपलब्ध हुने जनाइएको छ । 
 

सम्बन्धित समाचार