बुधबार, ४ पौष, २०७५
Wednesday, 19 December, 2018

भिवो वाइ ८१ आई अब नेपाली बजारमा

भिवोले २०,००० भन्दामुनिको मूल्य भएको “भिवो वाइ८१आइ” नेपाली बजारमा लन्च गरेको छ । यसको ६.२२ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रोएसडी कार्डद्वारा २५६ जीबी सम्म बढाउन सकिन्छ । यसमा डुअल (४ जी नेटवर्क) सिम प्रयोग गर्न सकिन्छ ।


यसमा १३ एमपी क्यामेरा रहेको र सेल्फी क्यामेरा ५ एमपी रहेको छ । यसमा मिडिया टेक हेलिइयो ए२२ चिप सहित एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्री ३२६० एमएएच रहेको छ ।

​​​​यो कालो र रातो रङ्गको मोडल नेपाली बजारमा उपलब्ध रहेको छ । यसकोे नेपाली बजारको मूल्य रु.१८,९९० रहेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा