बिहीबार, १० माघ, २०७५
Thursday, 24 January, 2019

क्लाउड कम्प्युटिङका फाइदा

फ्लपी डिस्क, सिडी, युएसबी फ्लास ड्राइभ जस्ता उपकरणहरु डाटा र फाइल सेयरिङको लागि प्रयोग गरिँदै आइरहेको बेला अब भर्चुअल स्पेसमा डाटा र फाइल सेरिङ गरिन थालिएको छ । भर्चुअल स्पेसमा इन्टरनेटको प्रयोगमार्फत् सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु सेयर गर्नुलाई क्लाउड कम्प्युटिङ भनिन्छ । यसका केही फाइदाबारे जानकारी प्रदान गरेका छाैं ः

विश्वव्यापी पहुँच
क्लाउड कम्प्युटिङको प्रयोगले तपाईंले आफ्नो डकुमेन्टहरु कुनै डिभाइसबाट विश्वको कुनै कुनाबाट हेर्न सक्नुहुन्छ । कुनै पनि कम्प्युटर वा डिभाइस जसमा इन्टरनेटको सुविधा छ, त्यहाँबाट सजिलै क्लाउड कम्प्युटिङ सिस्टमको प्रयोग गर्न सकिन्छ ।तपाईंले कुनै डकुमेन्ट नबोकी घरमा बसेर वा ट्रिपमा भएको बेला पनि काम गर्न सक्नुहुन्छ । त्यसको अर्थ तपाईंको डाटा कुनै पनि व्यक्ति वा कम्पनीको कम्प्युटरमा सीसमत हुने छैन । 

सजिलै सेटअप
क्लाउड कम्प्युटिङ सेट गर्न कुनै झन्झट गर्नुपर्दैन । कुनै पनि डिभाइसमा इन्टरनेटको सुविधा भएमा क्लाउड कम्प्युटिङ सिस्टमको सजिलै प्रयोग गर्न सकिन्छ । तपाईंले आफ्नो व्यक्तिगत सेटिङ र कन्फिगुरेसन गरेपछि अकाउन्ट बनाएर त्यसमा पासवर्ड हालेर आफूले चाहेको डिभाइसमा कनेक्ट गरेपछि तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ । कम्पनी वा व्यक्ति जसले पनि प्रयोग गर्न सक्ने हुँदा यसको प्रयोगकर्ता बढ्दै गएका छन् ।  

धेरै स्टोरेज
क्लाउड कम्प्युटिङले आफ्ना ग्राहकहरुलाई केही स्पेस बिनाशुल्क दिने गरेको छ । पाँच जिबी स्पेस फ्री दिएकाे छ भने अझ स्पेसको खाँचो परेमा क्लाउड कम्प्युटिङले अझ धेरै स्टोरेज प्रदान गर्दछ । स्पेस खरिद गरेपछि कम्पनी वा व्यक्तिले त्यो स्पेस लिएबापत तोकिएको शुल्क क्लाउड कम्प्युटिङ डेभलपर कम्पनीलाई मासिक वा वार्षिक रुपमा तिर्नुपर्ने हुन्छ । तर यसको प्रयोगले गर्दा खर्च कम लाग्ने हुँदा कम्पनीहरु वा कुनै व्यक्तिलेस्पेस लिँदा आफंैलाई फाइदा हुन्छ । त्यस्तै क्लाउड कम्प्युटिङमा स्पेस सकिनेबारे कम्पनीहरु वा व्यक्तिले चिन्ता गर्नुपर्दैन । 

एकमुष्ठ काम 
कम्प्युटरको भरमा चल्ने कम्पनीहरुलाई धेरै सफ्टवेयरहरुको आवश्यकता पर्दछ । तर हरेक कर्मचारीहरुको निम्ति कम्पनीले सफ्टवेयरहरु खरिद गरिदिन सक्दैन । त्यसको सट्टामा कम्पनीले क्लाउड कम्प्युटिङ कम्पनीलाई मासिक रुपमा पैसा तिरेर आफ्ना डाटाहरु क्लाउड कम्प्युटिङ सेभ गर्न सक्नेछन् । पछि कम्प्नीले हरेक कर्मचारीलाई चाहेअनुसारको डाटा र सफ्टवेयर क्लाउडबाट झिकेर सजिलै दिन सक्छ । यसो गर्दा कामहरु पनि एकै पटकमा सकिने हुन्छ ।  

न्यून खर्च  
क्लाउड कम्प्युटिङको प्रयोग गर्न व्यक्तिले आफ्नो डाटा अरु हार्डवेयर डिभाइसमा सेभ गरिरहन नपरेको हुनाले धेरै खर्च बचत हुन्छ । क्लाउड कम्प्युटिङले तपाईंको सिस्टमको हेरचाह गरिदिने हुनाले तपाईंले धेरै मेमोरी भएको कम्प्युटर खरिद गरिरहनुपर्दैन । क्लाउड कम्प्युटिङको एप्लिकेसन निःशल्क हुन्छ । मासिक वा वार्षिक रुपमा न्यून खर्चमा स्टोरेज थप गरेर पनि क्लाउड कम्प्युटिङ प्रयोग गर्न सकिन्छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा