बिहीबार, ९ जेठ, २०७६
Thursday, 23 May, 2019

ओप्पो आर १७ प्रो नेपालमा सार्बजानिक

काठमाडौं । विश्वमा राम्रो बजार ओगटी रहेको ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो स्मार्टफाेन सार्वजनिक गरेको छ । ओप्पो आर १७ प्रो माेबायल नाइट फाेटाेग्राफिलाई विशेष ध्यानमा राखि बनाईएकाे छ।

यो स्मार्टफाेनमा पछाडी तीन रियर क्यामरा छन। एक सेन्सर १२ मेगापिक्सलको रहेकाे छ । जसको अर्पचर १.५-२.४ रहकाे छ । यस्तै दोश्रो सेन्सर २० मेगापिक्सलको रहेकाे छ। जसको अर्पचर एफ 2.६ रहेकाे छ । तेश्रो सेन्सर टिओएफ थ्री-डी स्टीरियो क्यामरा हो । रियर क्यामरा सेटअप अप्टिकल इमेज स्टेबलाइजेशन , डुअल पिक्सल पीडीएएफ र अल्ट्रा नाइट मोडमा उपलब्ध रहेकाे छ भनेे फोनमा एफ २.० अपर्चर भएको २५ मेगापिक्सलको फ्रन्ट क्यामरा उपलब्ध रहेकाे छ ।

याे स्मार्टफाेनमा स्क्रिनको ९१.५% ओगट्ने १९.५९ एफएचडी + ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । स्मार्टफाेन प्रयाेगकर्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने हिसाबमा ओप्पाेले फाेनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समावेश गरेको छ । याे फाेनमा तपाईले १० मिनेट चार्ज गर्नुभयाे भने करिब ४०% चार्ज प्राप्त गर्न सक्नुनेछ। याे फाेनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेकाे छ। याे स्मार्टफाेन कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो माेबायल हो । यसमा कलरओएस ५.२ मा आधारित एण्ड्रोइड ८.१ ओरियाे राखिएको गरिएको छ। यसमा प्राेसेसर क्वालकम स्न्यापड्रयागन ७१० राखिएको छ। ओप्पाे आ१७ प्राे काे मूल्य ८९ हजार ९ सय ९० रहेकाे छ। याे माेबायलमा फाेनमा अन्य थुप्रै किसिमका सुविधाहरु रहेका छन।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा