बिहीबार, १० माघ, २०७५
Thursday, 24 January, 2019

एसएसडी र एचडीडी हार्डडिस्कमा के फरक छ ?

अहिले सम्म ल्यापटप र डेक्सटपमा स्टोरेज अप्सनहरु थोरै थियो । तपाइले लिएको डिभाइजमा प्राइमरि ड्राइभको रुपमा सोलिड स्टेट ड्राइभ मात्रै सम्भव थियो । तर अहिले हरेक ल्यापटप तथा डेस्कटपमा हार्ड डिस्क ड्राइभ हुन्छ । त्यसैले अहिले  स्टोरेजको प्रयोगमा अप्सन राखिएको छ । एसएसडी अथवा एचडीडी कुन आफुले प्रयोग गर्ने हो त्यसको प्रयोग गर्न सकिन्छ । तर यिनीहरुलाई चुज कसरि गर्ने भन्ने  प्रश्न आउन सक्छ । तल हेरौ यी दुइ विचको फरकहरु ।

कम्प्युटरमा पहिले देखी चलिरहेको  हार्डवेयर कम्प्युटरको ननभोलाटायल स्टोरेज हो । अर्थात् यसमा भएको इन्फरमेसन सिस्टम बन्द भएपनि हराउदैन ।वस्ताबमा हार्डड्राइभ भनेको म्याग्नेटिक कोटिंग सहितको मेटलको थाली हो जसले डाटा संचय गर्दछ ।


एसएसडी र एचडीडीमको ब्याख्या 
कम्प्युटरमा पहिले देखी चलिरहेको  हार्डवेयर कम्प्युटरको ननभोलाटायल स्टोरेज हो । अर्थात् यसमा भएको इन्फरमेसन सिस्टम बन्द भएपनि हराउदैन ।वस्ताबमा हार्डड्राइभ भनेको म्याग्नेटिक कोटिंग सहितको मेटलको थाली हो जसले डाटा संचय गर्दछ ।


त्यस्तै एसएसडीले पनि त्यहि काम गर्छ जुन हार्ड डिस्कले गर्दछ ।तर डाटाचाही इन्टरकनेक्टेड फ्ल्याश मेमोरी चिपमा संग्रह हुन्छ र त्यसमा पावर बिना पनि डाटाहरु रहिरहन्छन् । उक्त चिप  सिस्टमको  मदर बोर्डमा स्थाई रुपमा पनि इन्स्टल गरिएको हुन सक्छ वा एक बक्सको आकारमा पनि राखिएको हुन सक्छ । यो फ्ल्याश मेमोरी चिप युएसवि थम्व ड्राइभ भन्दा भिन्दै प्रकारको हुन्छ । त्यस्तै सामान्यतय छिटो र भरपर्दो हुन्छ । त्यसकारण एसएसडी  उस्तै क्वालिटी को युएसवि थम्ब भन्दा महँगो हुन्छ ।


एसएसडी र एचडीडीको इतिहास 
कम्प्युटरको इतिहासमा हार्डड्राइभ टेक्नोलोजी एकदमै पुरानो हो । १९५६ को विख्यात आइबिएम ३५० आरएएमएसी  हार्डड्राइभको प्रयोग भएको पिक्चरमा देख्न सकिन्छ । जहाँ ३।७५ एमबीको स्टोरेजलाई थेग्नको लागि  २४ इन्च फराकिलो प्लेटको प्रयोग भएको थियो ।

त्यो बेलामा आरएएमएसी ३५०को ड्राइभ सरकार तथा उद्योगहरुले मात्र गर्ने गर्दथ्यो तर सन् १९६९ बाट त्यसको प्रयोग हुन छोड्यो । त्यसपछि हार्डड्राइभ १९८०को दशकतिर गुणस्तरीय बनाउदै लगियो ।  अस्सीको दशकमा ५।२५ इन्च को बनियो त्यसपछि डेक्सटप क्लासको लागि ३।५ इन्चको हार्ड डिस्क तयार गरियो, त्यस्तै २।५ इन्च नोटवुक क्लास पनि चाडै आउंदैछ ।

केबलइंटरफेसलाई सिरियल बाट आइडीईमा चेन्ज गरियो फेरी त्यसबाट एसीएसआइ र त्यसबाट पनि बिगत केहि बर्षयता सेरियल एटिएमा  परिवर्तन गरिएको छ ।अहिले २।५ र ३।५ इन्चको ड्राइभमा मुख्यतया एसएटिए इन्टरफेसको प्रयोग गरिन्छ । मेगाबाइटको क्षमता लाखौ गुणा बढाएर टेराबाइट बनाइएको छ । अहिलेको ३।५ इन्चको ड्राइभको क्षमता १० टीबी भन्दा बढीको बनाइएको छ । त्यस्तै २।५ इन्चको ड्राइभको क्षमता ४टीबी सम्म वृद्धि गरिएको छ । 


एसएसडीको भने केहि छोटो इतिहास छ । १९८० र ९० को दशक तिर बबल फ्ल्याशिंग मेमोरी जस्ता टेक्नोलोजी संगै पर्सनल कम्प्युटिङ्गबाट नन मुभिन्ग स्टोरेजको पनि आकर्षण बढ्दै गयो । अहिलेक्को फ्याश मेमोरी पनि त्यहि पुरानो तर्कबाट विस्तार भएको हो ।तर यसमा डाटा राखिरहन निरन्तर शक्तिको आवश्यकता भने पर्दैन् ।

 

सन् २००० को दशकतिर नेटवुकको विस्तार संगै प्राइमारी ड्राइभको रुपमा चिनिने एसएसडीको शुरुवात भएको थियो । ओएलपिसी एक्सओ वानले १ जीबी एसएसडी र एसस ई पिसी ७०० सिरिजली २ जीबी एसएसडीको  प्राइमारी स्टोरेजको रुपमा प्रयोग गरेको थियो ।

नेटवुक र अल्ट्रापोर्टवल ल्यापटपहरु अझ कुशल भएसंगै  एसएसडीको क्षमता पनि बढाइयो र २।५ इन्च नोटबुक फर्म फ्याक्टरमा गुणस्तरीय पनि बनाइयो । यो अनुसार २।५ इन्चको हार्डड्राइभलाई ल्यापटप अथबा डेक्सटपमा एसएसडी संग  सजिलै रिप्लेस गर्न सकिन्छ । तर अहिले अझैपनि धेरै एसएसडीमा २।५ इन्चको फर्म फ्याक्टर प्रयोग भएको पाइन्छ ।हालै २।५ एसएसडीको क्यापासिटि सबै भन्दा धेरै ४ टीबी सम्म रहेको छ ।
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा