मंगलबार, ३ असार, २०७६
Tuesday, 18 June, 2019

मास्टर्समा आइटी : कहाँ पढ्ने ? किन पढ्ने ?

शिव बस्नेत-
सूचना प्रविधि क्षेत्रको विकास र विस्तार भइरहँदा यससम्बन्धी औपचारिक शिक्षाको क्रेज पनि बढिरहेको छ । पछिल्लो समयमा नेपालमै विभिन्न विश्वविद्यालयका सूचना प्रविधि कार्यक्रमहरु सञ्चालन भइरहेको छ । विश्व परिवेशमा हेर्दा कम्प्युटर विज्ञानको सुरुवात सन् १९५३ मा भएको थियो । क्याम्ब्रिज डिप्लोमा इन कम्प्युटर साइन्स नाम दिइएको यो कोर्स युनिभर्सिटी अफ क्याम्ब्रिज कम्प्युटर ल्याबोरेटरीले ल्याएको थियो । त्यस्तै, अमेरिकामा सन् १९६२ मा पुर्डे विश्वविद्यालयमा पहिलो कम्प्युटर साइन्सको शैक्षिक कार्यक्रम सुरु भएको थियो ।

सन् १९९० अघिसम्म यस्ता कोर्समा कम्प्युटर प्रविधिको मात्रै कुरा हुन्थ्यो । सन् १९९० तिर इन्टरनेटको सुरुवात भएपछि सूचना प्रविधि (आइटी) भनेर पनि बुझ्न थालियो । सन् २००५ पछि यो क्षेत्र अझ फराकिलो हुँदै सञ्चार पनि कम्प्युटर प्रविधिसँगै गाभिएपछि समग्रमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) भनेर बढी प्रचलनमा आएको देखिन्छ ।

पढाइपछिको राम्रो सम्भावना, बढ्दो प्रविधिको प्रयोग, विद्यार्थीको व्यक्तिगत रुचि, अन्य विज्ञान र मेडिकल विषयको तुलनामा कम खर्च आदिका कारण यस्तो शिक्षामा विद्यार्थीको आकर्षण बढिरहेको छ ।

नेपालमा सबैभन्दा पहिलोपटक सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङको कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानमार्फत १९९८ देखि नै शैक्षिक कार्यक्रम सञ्चालन गरेको हो । हाल नेपालमा २ सयको हाराहारीमा आइटीसम्बन्धी शैक्षिक कलेज सञ्चालनमा छन् । वर्षेनि अनुमानित ७ हजार ५ सय आइटीमा ग्य्राजुएट भइरहेका छन् ।

स्नातक तहमा कम्प्युटर साइन्स वा इन्जिनियरिङ गरेका विद्यार्थीका लागि मास्टर्समा विभिन्न आइटी कार्यक्रम छन् । हार्डवेयर र सफ्टवेयर इन्जिनियरिङका क्षेत्र फराकिलो भएसँगै आइटी शिक्षाको लोकप्रियता बढेको छ । पढाइपछिको राम्रो सम्भावना, बढ्दो प्रविधिको प्रयोग, विद्यार्थीको व्यक्तिगत रुचि, अन्य विज्ञान र मेडिकल विषयको तुलनामा कम खर्च आदिका कारण यस्तो शिक्षामा विद्यार्थीको आकर्षण बढिरहेको छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र केही विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइटी कोर्सको अध्ययन तथा अध्यापन भइरहेको छ । 

टियूका मास्टर्स कार्यक्रम
आइटी विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयका कार्यक्रम बढी आकर्षण रहने गर्दछन् । सरकारी विश्वविद्यालय भएको नाताले यसका कार्यक्रममा आकर्षण हुनु स्वाभाविकै हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कम्प्युटर साइन्स एन्ड आइटीबाट पहिलो पटक मास्टर डिग्री इन कम्प्युटर साइन्स एन्ड आइटी (एमएससी आइटी) सुरु भएको हो ।

त्यसैगरी इन्जिनियरिङ संस्थान पुल्चोकले पहिलो पटक मासटर्स इन इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ सुरु गर्यो । यसपछि त्रिविले कम्प्युटर सिस्टम एन्ड नलेज इन्जिनियरिङ सुरु ग¥यो । साथै त्रिविअन्तर्गतकै डिपार्टमेन्ट अफ एजुकेसनले एमएड आइसिटी सुरु भएको छ । अर्कोतर्फ त्रिविमा एमबिएआइटी कार्यक्रम सुरु भएको २ वर्ष भएको छ । त्रिभुवन विश्वविद्यालयय इन्जिनियरिङ संस्थानअन्तर्गकै पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस (डब्लुआरसी)मा नयाँ प्रोगाम इन्फर्मेसन एन्ड नलेज इन्जिनियरिङको पढाइ पनि सञ्चालन भइरहेको छ । 

नेपालमा मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु प्रायः जबहोल्डर रहेका छन् । आफूलाई अपग्रेड गर्न, पदोन्नति गर्न मास्टर्स पढ्ने विद्यार्थीहरु बढी छन् ।

टियूको एमआइटी 
त्रिभुवन विश्वविद्यालयले नयाँ आइटी कार्यक्रम एमआइटी (मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी) सुरु गर्न लागेको छ । २ वर्षको यो कोर्स पाठ्यक्रम पास भइसकेको छ । यसमा आइटी जुनसुकै पृष्ठभूमि भएका विद्यार्थीले पढ्न पाउनेछन् । साथै बिसिए भर्खरै सुरु गरेको त्रिविले मास्टर्सका लागि पनि यो कम्प्युटर एप्लिकेसन विषय सञ्चालन गर्ने योजना ल्याएको छ । यो विषयको सम्बन्धनका लागि त्रिवि विज्ञान प्रविधि संस्थानमा निवेदन प्राप्त भइरहेको जानकारी डिन कार्यालयले दिएको छ ।

काठमाडौं विश्वविद्यालयका मास्टर्स कार्यक्रम
अर्को विश्वविद्यालय काठमाडौं विश्वविद्यालय (केयू)ले पनि सूचना प्रविधिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङमार्फत एमई कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स डिपार्टमेन्टमार्फत मास्टर्स अफ टेक्नोलोजी इन आइटी (एमटेक इन आइटी) सञ्चालन गरेको छ । गत वर्षदेखि यी दुवै विषयमा विद्यार्थीहरुको निकै आकर्षण रहेको जानकारी विभागका प्रमुख पुरुषोत्तम खरेलले दिए । उनका अनुसार यी दुवै कार्यक्रम समान भए पनि डिग्री फरक छ ।

एमटेकचाहिँ ब्याचलर जुनसुकै आइटी विषय पढेका विद्यार्थीले पढ्न सक्छन् । एमईचाहिँ बिई गरेकोले मात्र पाउँछ । उनले यी दुवै मार्केट ओरियन्टेड कोर्स भएको जानकारी दिदै यसमा आकर्षण बढेको जानकारी दिए । विद्यार्थीको सिट सीमित भएकाले केयुले इन्ट्रान्स एक्जामबाट विद्यार्थी छनोट गर्ने गर्दछ । अर्को वर्षदेखि सिट बढाउने योजना विश्वविद्यालयको छ ।

केयूका विद्यार्थीलाई विशेषगरी रिसर्चमा फोकस गर्ने गरेको पाइन्छ । स्पेस पनि मनग्गे रहेको केयुले बिजनेश इनक्युबेसन कार्यक्रममार्फत विद्यार्थीका बिजनेश आइडियालाई पनि व्यवसायमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने गदर्छ । केयूले यी दुवै विषयमा १०÷ १० सिट भर्ना लिने गरेकोमा अर्को वर्षदेखि सिट संख्या बढाउने जानकारी दिएको छ । 

नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थी स्वदेशमा मास्टर्स अध्ययन गर्न चाहँदैनन् । 

पूर्वाञ्चल विश्वविद्यालयका कार्यक्रम
पूर्वाञ्चल विश्वविद्यालयले सूचना प्रविधि कार्यक्रममा इन्जिनियरिङअन्तर्गत इन्फर्मेसन सिस्टम इन्जिनियरिङ सञ्चालन गरिरहेको छ । उसको सबैभन्दा बढी चर्चाको विषय कम्प्युटर साइन्सअन्तर्गत मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसिए) हो । ‘पूर्वाञ्चल विश्वविद्यालयका यी दुवै कार्यक्रम विद्यार्थीले मन पराएका छन्,’ विराटनगरस्थित पुसेट कलेजका प्रमुख मनोज साहले भने ।

त्यसैगरी एमसिए कार्यक्रम काठमाडौंको कान्तिपुर सिटी कलेजले पनि सञ्चालन गरिरहेको छ । साथै ब्याचलर्स डिग्री अन्य विषयमा गरेका विद्यार्थीका लागि कम्प्युटर एप्लिकेसन विषयमा पोस्ट ग्य्र ाजुएट डिप्लोमा (पिजिडिसिए) विषय पनि पुसेट र केसीसीमा सञ्चालन भइरहेको छ । 

पोखरा विश्वविद्यालयका कार्यक्रम
पोखरा विश्वविद्यालयले मास्टर्समा एमसिए, एमएससी कम्प्युटर साइन्स, एमएससी कम्प्युटर इन्जिनियरिङ, मास्टर्स इन कम्प्युटर साइन्सलगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

ललितपुरको एनसिआइटीले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन्स सिस्टम र एमएससी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

नेपालमा एकेडेमिक इन्स्टिच्युसनमा रिसर्च गर्नका लागि जनशक्तिको सधैं अभाव हुने गर्दछ । अझ आइटी क्षेत्रको रिसर्च गर्ने जनशक्ति केही संख्यामा छ । नेपालमा राम्रो इन्डस्ट्री पनि नबनिसकेको अवस्था भएकाले इन्डस्ट्रीमा रिसर्चको फङ्सन सुरु नै भएको छैन ।

नेपालमा विदेशी विश्वविद्यालयका कार्यक्रम
नेपालमा इस्लिङटन कलेज, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, द ब्रिटिस कलेजलगायतले विदेशका मास्टर्स कार्यक्रम सञ्चालन गरिरहेका छन् । काठमाडौंको इस्लिङटन कलेजले लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन लिई एमएससी (कम्प्युटिङ) र एमएससी (नेटवर्किङ) विषय सञ्चालन गरिरहेको छ । ३ ओटा ब्याच पासआउट भइसकेको जानकारी कलेजले दियो । त्यसैगरी लर्डबुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेसनल स्टडिजमार्फत मलेसियाको एसिया प्यासिफिक युनिभार्सिटीसँग सहकार्य गरी नेपालमा मास्टर्स इन आइटी म्यानेजमेन्ट कोर्स सुरु गरेको छ । यता ब्रिटिस कलेजले मास्टर्स इन इन्फर्मेसन म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गरिरहेको छ । 

किन पढ्ने मास्टर्समा आइटी ?
नेपालमा मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु प्रायः जबहोल्डर रहेका छन् । आफूलाई अपग्रेड गर्न, पदोन्नति गर्न मास्टर्स पढ्ने विद्यार्थीहरु बढी छन् । यस्तोमा विशेषगरी टेलिकम सेक्टरका इन्जिनियरहरु बढी रहेको प्राडा. सुवर्ण शाक्य बताउँछन् । अहिले विद्यालय, उच्च मावि र कलेजमा अध्यापन गर्न पनि मास्टर्स आवश्यक भइसकेकाले पनि अध्यापनमा भविष्य देख्नेहरु मास्टर्स पढ्न हौसिएका छन् । मुख्य कुरा यदि रिसर्चमा रुचि छ भने मास्टर्समा पढ्न आउनुपर्छ भन्ने मत शाक्यको छ । ‘प्रोफेसनल काम गर्ने भए ब्याचलर डिग्रीले पनि पर्याप्त हुन्छ । मास्टर्स डिग्री भनेको पढाउनका लागि मात्रै होइन निरन्तर रिसर्च गर्न पनि हो,’ उनले भने ।

मास्टर्स पढिसकेपछि रिसर्चको भूमिका मुख्य हुने र अन्तर्राष्ट्रिय रुपमा रिसर्च पेपरहरु प्रकासन गर्नुपर्ने हुन्छ । अहिले नपालको ४ वर्षे ब्याचलर डिग्री पढेर विदेशका विभिन्न विश्वविद्यालयमार्फत ८ वर्षमा पिएचडी गर्न सकिन्छ । साथै यहाँ जब गर्दै आइटीमा मास्टर डिग्री सकेर विदेशमा ३ वर्षमै पिएचडी पढ्न जाने विद्यार्थीहरुको संख्या पनि बढिरहेको छ । यसकारण पहिलाको दाँजोमा मास्टर्समा पढ्न चाहने विद्यार्थीहरु बढिरहेको विश्लेषण उनको छ ।

इन्जिनियरिङ सेक्टरका इलेक्ट्रोनिक्स, कम्युनिकेसन्स, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले सीधै एमएससी इन्जिनियरिङ पढ्न सक्छन् । कम्प्युटर साइन्समा बिएससी कम्प्युटर साइन्स गरेका विद्यार्थी, बिसिए गरेका विद्यार्र्थीहरुले पनि अहिले आइटीमा मास्टर्स गर्न निकै सजिलो अवसर पाएका छन् ।

मास्टर्समा विद्यार्थी र कलेज किन कम ?
स्नातकमा एक सयभन्दा बढी कलेजले आइटी तथा कम्प्युटर इन्जिनियरिङका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर यसको अनुपातमा मास्टर्समा अध्यापन गराउने कलेज निकै कम छन् । भएका कलेजले पनि थोरै संख्यामा विद्यार्थी भर्ना लिने गरेका छन् । यता सूचना प्रविधि, कम्प्युटर विज्ञान र कम्प्युटर इन्जिनियरिङसम्बन्धी ब्याचलर डिग्री उत्तीर्ण गरेका अधिकांश विद्यार्थीहरुले आइटीमा मास्टर्स ज्वाइन गरेको पाइँदैन । 

मास्टर्स पढ्नेले पनि एमबीएलगायतका कोर्सहरु पढ्ने गर्ने गरेको पाइन्छ । कतिपय पासआउट विद्यार्थीले पनि स्नातकपछि व्यावसायिक करिअर सुरु गर्ने इच्छा राख्छन् । उनीहरुलाई आवश्यक पर्ने ज्ञान स्नातकमै लिने र थप व्यावािसयक तालिम लिएर आइटी उद्योगमा आउन सक्छन् । त्यस्तै अर्को जमात पनि छ, मास्टर्स पढ्न विदेशमै जान प्रयासरत धेरै विद्यार्थीले गर्ने गर्दछन् । नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थी स्वदेशमा मास्टर्स अध्ययन गर्न चाहँदैनन् । 

रिसर्चका लागि मास्टर्स 
नेपालमा एकेडेमिक इन्स्टिच्युसनमा रिसर्च गर्नका लागि जनशक्तिको सधैं अभाव हुने गर्दछ । अझ आइटी क्षेत्रको रिसर्च गर्ने जनशक्ति केही संख्यामा छ । नेपालमा राम्रो इन्डस्ट्री पनि नबनिसकेको अवस्था भएकाले इन्डस्ट्रीमा रिसर्चको फङ्सन सुरु नै भएको छैन । ‘इन्डस्ट्रीमा जब रिसर्चको काम हुन थाल्छन्, मास्टर्स र पिएचडी गरेका जनशक्तिले अवसर पाइहाल्छन्,’ काठमाडौं विश्वविद्यालयका डा. पुरुषोत्तम खरेलले भने, ‘कम्पिटेन्स मेनपावर जन्माउनु भनेको रिसर्च गर्न जान्ने मेनपावर जन्माउनु हो । यसका लागि विद्यार्थीलाई रिसर्च र एप्लिकेसन ओरियन्टेड शिक्षा प्रदान गर्न आवश्यक छ ।’

तर यहाँ समस्या भनेको एकेडेमिक इन्स्टिच्युसनमा राम्रो वातावरण छैन । रिसर्च फन्डिङका लागि समस्या छ । रिसर्चरका लागि पेपरमा फन्डिङ हुन सकिरहेको छैन । पेपरहरु अन्तर्राष्ट्रिय रुपमा उच्चस्तरका जर्नलहरुमा प्रकाशित हुनुपर्छ । आफै सहभागी हुनुपर्छ । यसकारण नेपालका विश्वविद्यालयमा फन्डिङ रिसर्चकै कमी भएको देख्न सकिन्छ । 

आइटीमा पिएचडी
इन्जिनियरिङ सेक्टरका इलेक्ट्रोनिक्स, कम्युनिकेसन्स, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले सीधै एमएससी इन्जिनियरिङ पढ्न सक्छन् । कम्प्युटर साइन्समा बिएससी कम्प्युटर साइन्स गरेका विद्यार्थी, बिसिए गरेका विद्यार्र्थीहरुले पनि अहिले आइटीमा मास्टर्स गर्न निकै सजिलो अवसर पाएका छन् । त्यस्तै अर्कोतर्फ काठमाडौं युनिभर्सिटीमा र त्रिभुवन विश्वविद्यालयले पिएचडी प्रोगाम सञ्चालनमा रहेको छ । केयूमा ५ जनाले विभिन्न विषयमा पिएचडी हासिल गरिसकेका छन् भने टीयूमा पनि इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स इन्जिनियरिङमा २ जनाले पिएचडी गरेका छन् । आइसिटी फर रुरल डेभलपमेन्ट विषयमा पनि पिएचडी हासिल गर्ने क्रम सुरु भएको छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा