Home / Featured / नेपालका ५ शहरलाइ आइटीको हब ‘आइटी सिटी’ बनाइने, गुगल र फेसबुकले फ्री इन्टरनेट दिने

नेपालका ५ शहरलाइ आइटीको हब ‘आइटी सिटी’ बनाइने, गुगल र फेसबुकले फ्री इन्टरनेट दिने

नेपाल सरकारले मुलुकका कम्तिमा ५ शहरलाइ आइटी सिटीको रुप घोषणा गरेको छ । सुक्रबार बसेको मन्त्रि परिषदबाट यो निर्णय गर्दै आगामी आर्थिक वर्षमा १ खर्ब बढी बजेट छुट्याउने तयारी गरेको छ । जेस्ठ १५ गते जारी हुने आर्थिक वर्षको बजेटमा उक्र रकम बिनियोजन गर्नेगरि काम अगी बढेको संचारमन्त्रि सुरेन्द्र कार्कीले लिभिंग विथ आइसिटीलाइ जानकारी दिएका छन् ।


विश्वनै सूचना प्रबिधिमय भएको यो अवस्थामा नेपालमा पनि यसको सम्भावनालाइ आत्मसाथ गर्दै सरकारले सबैभन्दा धेरै बजेट प्रबिधिमा छुट्याउन लागेको जानकारी प्राप्त भएको छ । नेपालको बनेपा, काठमाडौँ, बिराटनगर, पोखरा र नारायणघाटलाइ आइटी सिटीको रुपमा विकास गरि ‘ आइटी हब’ निर्माण गर्ने सरकारले तयारी गरेको छ ।

 

यसघि काठमाडौँ, निजगण र लुम्बिनीलाइ पनि स्मार्ट सिटीको रुपमा विकास गर्ने गरि काम सुरु गरेको सरकारले अब सफ्टवेयर, आउटसोरिंगलाइ बिसेष प्राथमिकतामा राख्ने जनाएको छ ।

उक्त शहरहरुमा १ – १ ओटा आइटी बिश्वबिध्यालय खोल्ने, इनोभेसन सेन्टरको विकास गर्ने र आउटसोर्सिंगको लागि २४ औ घण्टा काम गर्ने गरि इन्फ्रास्ट्रक्चरको विकास गर्ने जनाएको छ । सरकारले उक्त कामको लागि विभिन्न अन्तरास्ट्रिय निकाय र निजि क्षेत्रलाइ समेत आब्हान गरेको छ । निजि क्षेत्रका तर्फबाट क्यान महासंघका अद्यक्ष बिनोद ढकालले सरकारको निर्णयको प्रसंसा गरेका छन् । उनले भने ‘ अब केहि हुने आशा जगाएको छ ‘ । यो संगै अब अन्तरास्ट्रिय आइटी कम्पनि गुगल, फेसबुक, ओराकल, डेल, एप्पल र सामसुगले पनि आफ्नो शाखा नेपालमा खोल्न इच्छा जनाएका छन् ।

 

यसैगरि सरकारले १ वर्षभित्र देशभर इन्टरनेट र फोरजी सेवा पुर्याउने तयारि गरिरहेको बेला गुगल र फेसबुकले पनि नेपालभरि निशुल्क इन्टरनेट प्रदान गर्ने गरि सरकारको समर्थन मागेको छ । गुगल र फेसबुकले विभिन्न देशमा इन्टरनेट बेलुन र अन्य सेटेलाइट प्रबिधि मार्फत इन्टरनेट प्रदान गर्दै आएका छन् ।

सरकारले यो प्रस्ताबलाइ अध्यन गरिरहेको र सम्भबत स्वीकृत गर्ने जनाएको छ । अहिले नेपालमा ९० प्रतिशत बढीले मोबाइल र ४० प्रतिशतले इन्टरनेट चलाइरहेका छन् । सरकारको स्वीकृति पाएमा सन् २०१७ भित्रै सेवा सुरु गरिसक्ने फेसबुकका सस्थापक मार्क जुगर्बर्गले आफ्नो ब्लगमा उल्लेख गरेका छन्  ।

 

  • यो समाचार अप्रिल फुलसँग सम्बन्धित छ ।

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *