Home / Featured / खल्तीले ल्यायो ‘वान प्लस ५’ को खरिदमा आकर्षक अफर

खल्तीले ल्यायो ‘वान प्लस ५’ को खरिदमा आकर्षक अफर

खल्ती  जानकी टेकनोलोजिले केहि महिना अघि सुरु गरेको नया मोबाइल वालेट सेवा  हो। खल्तीले नेपालमा २०१७ को फेब्रुअरीदेखि सेवा  दिरहेको छ र छोटो समयमै यस एपका २७ हजार भन्दा धेरै सक्रिय प्रयोगकर्ताहरु छन् ।

नेपालमा भर्खर वान प्लस ५ सार्वजनिक भएको छ र यही मौकाको फाइदा उठाउदै, खल्तीले वान प्लससंग सहकार्य गरेको छ । खल्ती मार्फत सार्बजनिक अफर अनुसार, खल्तीबाट ६४ जीबीको वान प्लस ५ खरिद गर्नेलाई रु. ४०००/- को बोनस प्रदान गरिएको छ।

वान प्लस ५ को बजार खुद्रा मूल्य रु. ५९४९९/- रहेको छ । तर खल्तीको एपबाट यस फोनको खरिद गर्दा प्रयोगकर्ताले रु. ४०००/- को बोनस र एक वर्ष वारेन्टी कार्ड प्राप्त गर्नेछन  । खल्तीले फ्री होम डेलिभरीको सुविधापनि दिएको छ ।

यो अफर हिजो (२१ असार) देखि जारी गरिएको छ र सीमित समयको लागी मात्र उपलब्ध हुनेछ ।

 

वान प्लस ५को बिशेषताहरु 

कसरी खरिद गर्ने खल्तीबाट वान प्लस ५ ?

यदि तपाई खल्तीबाट वान प्लस ५ खरिद गरेर यस अफरको फाइदा उठाउन चाहनुहुन्छ भने, तल दिइएका स्टेप फलो गर्नुहोस् ।

चरण १:

Khalti.com वा खल्तीको एपमा साइनअप र लग इन गर्नुहोस । (खल्ती एप गुगल प्ले स्टोरमा उपलब्ध छ)

चरण २:

रु. ५०००/- भन्दा माथिको कारोबार गर्न केवाइसी(Know Your Customer) फारम भर्नुहोस् ।

चरण ३:

यी मध्ये कुनै विधिबाट आफ्नो खल्ती खातामा फन्ड लोड गनुहोस ।

  • नगद जम्मा भौचर वा एनआइबीएलको ईबैंकिंग सेवा
  • माछापुच्छ्रे ई बैंकिंग सेवा
  • प्रभु ग्रुपको कुनै पनि किओस्क मिसिन मार्फत नगद जम्मा

चरण ४:

आफ्नो होम स्क्रीनमा वान प्लस ५ खल्ती अफरमा क्लिक गर्नुहोस ।

चरण ५:

आब तपाई खल्तीबाट ६४ जीबी वान प्लस ५ खरिद गर्न सक्नुहुन्छ ।

 

Check Also

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

वर्डप्रेस मिटअपमा उज्वल थापा उपस्थित हुने

वर्डप्रेस काठमाडौँले हरेक महिना वर्डप्रेस मिटअप सम्पन्न गर्दै आएको छ | वर्डप्रेसका प्रयोग कर्ता र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *