Home / Featured / अन्नपुर्ण पोष्ट मिडियाको वेबसाइट ह्याक

अन्नपुर्ण पोष्ट मिडियाको वेबसाइट ह्याक

केहि दिन यता केहि समाचारमुलक तथा अन्य वेबसाइट ह्याक हुने क्रम फेरि बढेको छ । आज बिहिबार नेपालको चर्चित मिडिया अन्नपुर्ण पोष्टको वेबसाइट समेत ह्याक भएको छ । ह्याक्ड बाइ /CoCo लेखिएको उक्त साइट कसरी ह्याक भएको भन्ने कुरा जानकारीमा आइसकेको छैन ।

annapurna site
केहि दिन यता वर्डप्रेसका प्लाटफर्ममा बनेका वेबसाइटहरु बढि ह्याक भइरहेको सेक्युरिटी एक्स्पर्ट नारायाण कोइरालाले बताए । कतिपय सर्भरहरुमा नै एट्याक भएको पनि हुनसक्ने उनले जानकारी दिएका छन । यसअघि पनि केहि कम्पनीका वर्डप्रेस साइट र न्युज साइटहरु ह्याक भएको जानकारी प्राप्त भएको छ । यसैगरी वाइसिएलको वेबसाइट पनि केहि समयअघि ह्याक भएको छ ।

YCL


केहि दिनअघि वर्डप्रेसको पुरानो भर्सनमा रहेका लाखौ वेबसाइटहरु ह्याक भएका समाचार वाहिरिएको थियो । यसमा अपडेट नभएका कयौ नेपाली वेबसाइटहरु पनि परेका छन । अन्नपुर्ण मिडियाको वेबसाइट कसरी, कसले र के कारण ह्याक भएको भन्ने कुरा जानकारीमा नआएपनि बिहिवार बेलुकी वेबसाइट ह्याक भएको देखिएको छ । यो वेबसाइट पछिल्लो समय सफ्टनेपले निर्माण गरेको थियो ।


नेपालमा वेबसाइटको सेक्युरिटीमा ध्यान नदिएको र धेरैले सजिलै वेबसाइट बिगार्न सक्ने सेक्युरिटी बिज्ञ सरोज लामिछाने बताउछन्  । केहि समय अघि नेपालकै एक १६ बर्षे युवा विकास पौडेललाइ  २०० बढी वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरि केहि महिना थुनामा राखिएको थियो  ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *