Home / Featured / १० गते देखि सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी मेला

१० गते देखि सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी मेला

सिन्धुलीमाढीमा आगामी २०७१ साल पौष १० गते देखि पौष १९ गतेसम्म जिल्ला स्तरीय सिन्धुली महोत्सव २०७१ आयोजना हुन गइरहेको छ । sindhuli3यस महोत्सवको मुख्य आकार्षणको रुपमा जिल्लामै पहिलो पटक प्लानेट अर्थ सोलुसन्सको मूख्य प्रायोजनमा सिन्धुली शैक्षिक प्रविधिक महोत्सव २०७१ तथा वृहत राष्ट्रिय सम्मेलन २०७१ रहने आयोजकले जनाएको छ । सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समितिको कार्यालय, सिन्धुली र कमलामाई नगरपालिका कार्यालय, सिन्धुलीको आयोजना र सिन्धुली विद्यार्थी समाजको मूख्य व्यवस्थापनमा हुने यस महोत्सवमा कृषी, स्थानिय उत्पादन, अटो लगायत सूचना प्रविधिको स्टल रहनेछ ।
सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रद्र्धशनी मेला
सिन्धुली जिल्लाको सदरमुकाम स्थित लोकतान्त्रिक चौरमा लाग्ने सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रद्र्धशनी मेला, मिति २०७१ साल पौष १० गते देखि २०७१ साल पौष.१४ गतेसम्म लाग्ने छ । पौष १४ गते “वृहत शैक्षिक तथा प्रविधि” अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी हुन राजधानीबाट विशिष्ट व्यक्तिहरुको आगमनको अपेक्षा आयोजकले गरेको छ । कार्यक्रममा शिक्षा मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्याप्सन, हिसान, इक्यान, क्यान, आइसिटी एसोसियशन, अनलाइन पत्रकार संजाल, आइटी पत्रकार संजाल, स्थानीय स्कुल व्यवसायी, पत्रकार, पेशाकर्मी, गैससको सहभागिता हुनेछ । त्यहाा विविध विषयमा कार्यपत्रहरु प्रस्तुत भै ओपन हाउस छलफल हुनेछ । त्यहाा उच्च शिक्षा, प्रविधि प्रयोग, सुरक्षा प्रणणी लगायतको विषयमा जानकारी गराइने छ । सूचना प्रबिधि संयोजक मुकेश धमला द्वारा प्रेस बिज्ञप्तिमा निम्न अनुसार मेलाका आकर्षण र उपलब्धिका बारेमा उल्लेख गरिएको छ

मेलाका आकर्षणहरु :

  • विषेश छुटका साथ सफ्टवयर तथा हार्डवयर वितरण प्रदर्शन
  • महोत्सव प्राङगढ भित्र विषेश सुरक्षाका निमित्त चौविसै घण्टा सि.सि. टि.भि.बाट सुरक्षा प्रदान उक्त सि.सि. टि.भि फुटेज महोत्सव अवधिभर प्रत्यक्ष प्रसारण गरिने ।
  • प्याप्सन, हिसान, इक्यान साग सम्बन्धन रहेका कलेज, स्कुल, परामर्शदाताहरुबाट विषेश परामर्श,
  • अवलोकन कर्ताहरुले टिकट काट्दा उक्त टिकट नम्वर एस.एम.एस सुविधा लिएर विषेश लक्की ड्र सफ्टवयर मार्फत छानी पुरस्कार वितरण गर्ने
  • अनलाइन भुक्तानी, बल्क एस.एम.एस. सुविधाका वारेमा जानकारी गराउने
  • उच्च माध्यामिक शिक्षा पश्चान गरिने तयारी कक्षाका बारेमा जानकारी गराउने ।
  • जिल्लाकै पहिलो पटक हुने वृहत राष्ट्रिय शैक्षिक सम्मेलन पौष १४ गते शिद्धबाबा पार्टी प्यालेस ढुंग्रेवासमा विषेश कार्यपत्रहरु प्राविधिक तथा प्रगिक व्यक्तित्वहरुबाट पेश गरिने । स्कुल, सहकारी, वैंक, गैरसरकारी संघ संस्था, लेखा सम्बन्धी विषेश छुटका साथ प्रदान गरिने ।
  • mela sindhuli
    उपलब्धि
  • नेपाल शैक्षिक परामर्श संघबाट प्रदान गरिने विषेश छात्रवृति प्याकेजलाई सिन्धुलीका विद्यार्थीलाई समाहित गर्न पहल गर्ने ।
  • सिन्धुली विद्यार्थी समाजले दिने सुविधाका विषयमा जानकारी पुग्ने ।
  • करिव १०० छात्रवृतिको पहल कदमी गरी घोषाणा गर्ने ।
  • पत्रकारलाई अझ शसक्त बनाउन पत्रकारज्यूहरुलाई अनलाइन पत्रकारिताका विषयमा सेमिनार गरि गरि प्रशिक्षण प्रदान गर्ने
  • सिन्धुलीको विविस लगायत सरकारी कार्यालयमा उत्पादन हुने प्रोफाइलको डिजिटल भर्सन निकाल्न विधिन्न निकायसंग समन्वय गर्ने छ |

sindhuli 2

 

 

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *