Home / Featured / एसएलसीको परीक्षाफल केहि दिनमा, यसरि हेर्नुहोस नतिजा

एसएलसीको परीक्षाफल केहि दिनमा, यसरि हेर्नुहोस नतिजा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको परीक्षाफल केहिदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत ६ गतेबाट सुरु भई १४ गते सम्पन्न भएको परीक्षाको परीक्षाफल जेठ महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जानकारी दिएको छ ।कार्यालयले उत्तरपुस्तिका परीक्षण सकेर सम्परीक्षण गर्ने, कम्युटरमा ईन्ट्री गर्ने, परीक्षार्थीको हाजिरी रुजू गर्ने, गल्ति पत्ता लगाउन मिसिङ्ग गर्ने, बुक निकाल्ने लगायतका अधिकांश कार्य सकेर अन्तिम रुजू गर्ने कार्य भईरहेको कार्यालयले जानकारी दिएको छ ।

गतवर्ष भन्दा यसवर्ष एकसाता ढिलो परीक्षा सुरु भएपनि परीक्षाफल भने छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको कार्यालयले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले यसवर्ष असारको ३ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेको बताउनुभयो । असारको ३ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको बताउँदै उहाँले रुजू गर्ने काम छिटो सकियो भने आगामी ५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको बताउनभयो । यसवर्ष एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् ।

SLC_20121014085326
प्रविधिको पहुच र विस्तारले गर्दा एसएलसीको नतिजा हेर्न सजिलो हुदै गएको छ | नतिजा सार्बजनिक भएको केहि मिनेटमा नै नतिजा थाहा पाउन सकिन्छ | शिक्षा मन्त्रालयले यस पटक नतिजा हेर्नको लागि डिजीटल प्रविधिमा जोड दिएको छ | विभिन्न ८ ओटा अनलाइन वेबसाइट र ९ ओटा एसएमएस सर्भिस प्रोभाइडरलाइ यो अनुमति दिएको छ | शिक्षा मन्त्रालयको moe.gov.np, शिक्षा विभागको doe.gov.np, नेपाल टेलिकमको slc.ntc.net.np लगायत अन्य निजीस्तरका वेबसाइटहरुले पनि नतिजा सार्बजनिक गर्नेछन् |
images
त्यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस वा कल गरेर नतिजा थाहा पाउन सकिन्छ भने स्पारो एसएमएसको ५००१ मा पनि एसएमएस गर्न सकिन्छ | यो बाहेक पनि अरु ७ ओटा एसएमएस प्रोभाईडरले यो सेवा उपलब्ध गराउने परिक्षा नियन्त्रण कार्यालय सानोठिमी द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ |
slc result

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *