Home / Featured / अब साझा बसमा नेपाल टेलिकमको वाइफाई

अब साझा बसमा नेपाल टेलिकमको वाइफाई

नेपाल टेलिकमले साझा बसमा WiFi Hotspots सुरु गरेको छ । आजदेखि लागू हुने गरी काठमाडौ उपत्यकाभित्र सञ्चालित साझा बसहरुमा NT WiFi Hotspots सेवा सुरु गरिएको हो । साझा यातायात सहकारी संस्थाको अग्रसरमा ल्याईको वाईफाई सेवाका लागि WiMAX  प्रविधिको उपकरण जडान गरिएको छ । अब बसको यात्रासँगै यात्रुले वाईफाईको मज्जा लिन पाउनेछन् ।
हाल साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल माहाराजगञ्ज हुँदै गाेंगबु बसपार्कसम्म २ वटा रुटमा १६ वटा वस सञ्चालन गरिरहेको छ ।
यात्रुहरुले WiFi  मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड/प्रिपेड मोबाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गरी स्मार्ट फोन, ल्यापटप, आइप्याड आदिमा WiFiचलाउन सक्नेछन् । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहनेछ । साथै उक्त सेवा प्रयोग गरे बापत ग्राहकहरुको मोवाइलबाटै रु. १० कट्टा हुनेछ ।
कम्पनीले साझा वसमा जडान गरेको WiFi सेवाप्रति उपभोक्ता आकर्षणलाई हेरी आगामी दिनमा अन्य रुटमा चल्ने बसहरुमासमेत यो सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल कम्पनीले मुलुकका ७२ वटा जिल्लामा WiFi सेवा सञ्चालनमा ल्यााइसकेको छ भने उपभोक्ताहरुको वढी भिडभाड हुने अस्पताल, सपिङ मल, पार्क, चोक लगायतका २ सय २० स्थानमा WiFi Hotspots स्थापना गरी WiFi सेवा सञ्चालन गरिरहेको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *