Home / Featured / भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३÷७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर० स्थापना गरिएको छ ।

नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा घण् न्द्य डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो ।

सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी रहेको सोमबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल टेलिकमले गत आ.व. २०७२÷७३ मा पनि पशुपति कन्या मा.वि. चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मा.वि. मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मा.वि. छत्रेदेउराली धादिङ, रसुवा उच्च मा.वि. धुन्चे रसुवा र विन्द्रावति उच्च मा.वि. मसेल गोरखामा यस प्रकारको आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन समेत भइरहेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *