Home / Featured / सामाजिक सञ्जालमा अश्लिल र अपशब्द कमेन्ट गरे कडा कारबाही हुने

सामाजिक सञ्जालमा अश्लिल र अपशब्द कमेन्ट गरे कडा कारबाही हुने

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा अश्लिल तथा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ ।

पछिल्लो समय फेसबुक तथा ट्वीटरजस्ता समाजिक सञ्जालमा अश्लिल तथा अपशब्दको प्रयोग गरेर कमेन्ट गर्नेको संख्या बढ्दै गएको र पीडितपक्षबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा आघात पूगेको गुनासको आउन थालेपछि प्रहरीले यसतर्फ सबैलाई सचेत गराएको हो ।

नेपाल प्रहरी अपराध अनुसन्धान विभागले विज्ञप्तिमार्फत फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, संस्थाको इज्जत, प्रतिष्ठामा आँच र्पुयाउने खालका कमेन्ट कोही कसैबाट नहुन र नगराउन अनुरोध गरेको छ ।

यदि कसैले यस अरुलाई प्रतिष्ठामा आँच पुर्याउने कमेन्ट गरेको खण्डमा कानुन बमोजिम कडा कारबाही गरिने कुरा पनि प्रहरीले प्रस्ट पारेको छ ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *