Home / Featured / आर्टिफिसियल ईन्टेलिजेन्सी प्रयोग गरिएको ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट

आर्टिफिसियल ईन्टेलिजेन्सी प्रयोग गरिएको ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट

ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट ‘एफ फाइभ’ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि प्रयोग गरिएको जनाएको छ ।

यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।
एआई ब्यूटी रिकग्निसन प्रविधि ः ‘क्याप्चरिङ दि रियल यू’

नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।
ओपोको पहिलो फुल स्क्रिन उपकरण

सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर महिनाको मध्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *