Home / Featured / ओप्पोले ल्यायो एफथ्रीको लिमिटेड ल्याक एडिशन

ओप्पोले ल्यायो एफथ्रीको लिमिटेड ल्याक एडिशन

क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा बजारमा उपलब्ध गराएको छ । रु. ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ता प्रति कृतज्ञता स्वरुप लिमिटेड एडिसनका रुपमा घोषणा गरिएको हो ।

नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ । एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मनपराउने यूवा पुस्ता माझ अत्यधिक लोकप्रिय छ ।

विशेषगरी मध्यम बर्गिय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिशनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधि लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । डुअल फ्रण्ट फेसिङ क्यामेरा ‘एउटा सेल्फी र अर्को गु्रप सेल्फीका लागि ’का साथ सार्वजनिक गरिएको उक्त फोनले सेल्फी एक्स्पर्टका रुपमा सिमित ब्राण्डको परिचयलाई थप विस्तारित गरी गु्रप सेल्फीमा पनि अग्रणी प्रमाणित गरेको छ ।


डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्रीमा १÷३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ ।

कलर ओएस (सञ्चालन प्रणाली ३.०)मा आधारित ओक्टा कोर प्रोशेसर सहितको फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था छ । यसले फोनलाई तिब्रगतिको कार्य क्षमता प्रदर्शनीमा उल्लेख्य सहयोग पु¥याउँछ ।

फोनमा एकै पटक दूई ओटा सिम र १ माइक्रो एसडी कार्डको एकै साथ प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ट्रिपल स्लोट ट्रेको ब्यवस्था पनि रहेको छ । फोनका प्रयोगकर्ताले यसको प्रयोग निरन्तर लामो समयसम्म गर्न सकुन् भन्ने सोचका साथ एफथ्रीमा ३ हजार २ सय एमएएच क्षमता सहितको शक्तिशाली ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको साइमुलेशन टेष्ट (परिक्षण)मा फोनको ब्याट्रीले लगातार १५ घण्टा सम्म काम गरेको कम्पनीले जानकारी दिएको छ ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *