Home / Featured / आफ्नो ग्लुकोजको मात्रा जाच्ने ओटो चेकर फिचर फोन बजारमा

आफ्नो ग्लुकोजको मात्रा जाच्ने ओटो चेकर फिचर फोन बजारमा

ओटो फोन्सले नेपाली बजारमा ओटो चेकर नामक फिचर फोन सार्वजनिक गरेको छ । जसले अब ग्लुकोजको मात्रा शरिरमा कति छ भनेर थाहा पाउन सकिन्छ ।  टो चेकर फोनबाट ग्लूकोजको मात्रा जाँच्न सकिने भएको छ ।

‘ओटो चेकर तपाईको केयरटेकर (संरक्षक)’ नाराका साथ सार्वजनिक गरिएको सो फोनबाट व्यक्तिले आफ्नो ग्लुकोजको मात्रा आफैंले जाँचेर थाहा पाउन सकिने जनाइएको छ ।  ओटो मोबाइलको नेपालका लागि आधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टलले बुधवार एक कार्यक्रमका बिच आटो चेकर मोबाइल फोन सार्वजनिक गरेको हो ।

दक्षिण एशियाली बजारमा नै पहिलो पटक सार्वजनिक गरिएको भनिएको सो फोनले सहजरुपमा ग्लुकोज जाँच्न सकिने कम्पनीले जानकारी दिएको छ । ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो सुविधासहितको फोन भएको कम्पनीको दावी छ ।

 

कसरी हुन्छ ग्लुकोज जाँच ? 

मोबाइल फोनमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मदत गर्दछ,। यो संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी संघद्धारा प्रमाणित गरिएको बताईएको छ ।  बायोल्यान्डद्धारा निर्मित सो बिशेष किट ओटो चेकरमा उपलब्ध रहेको र ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधिको बारेमा जानकारी दिइएको छ ।

यसमा रहेको पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाईलामा पार ग¥यो भन्ने जानकारी पनि गराउँछ । फोनका साथमा ग्लूकोज जाँच्नका लागि ५ वटा ग्लूकोज टेष्ट स्ट्राइप निशुल्क उपलब्ध गराउने र थप ग्लूकोज टेष्ट स्ट्राइप आवश्यक परेमा ५० वटा १ हजार रुपैयाँमा किन्न सकिने जनाइएको छ ।

मूल्य

कम्पनीले बजारमा यो फिचर फोनको मूल्य ३,४९६ रुपैयाँ तोकेको छ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *