Home / Featured / ओटो फ्र्यांक सिरीजको पहिलो फोन ओटो फ्र्यांक डुअल बजारमा

ओटो फ्र्यांक सिरीजको पहिलो फोन ओटो फ्र्यांक डुअल बजारमा

नेपाली स्मार्टफोनको बजारमा ओटो नाम नौलोनै भएतापनि ओटो फोनले हालै बजारमा  फ्र्यांक सिरीजको पहिलो फोन ओटो फ्र्यांक डुअल बिक्रीमा ल्याएको छ । फ्र्यांक सिरीज ओटो स्मार्ट फोनको दोस्रो सिरिज हो ।

नेपाली रु ९,९९६ मूल्य तोकिएको यो फोन बजेट फोन हो।ओटो फोनले ,मार्कर ओटो २ दुई पछि आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृस्ट अनुभव प्रदान गर्ने उद्देश्यले ओटो फ्र्यांक डुअल फोन  बजारमा ल्याएको हो । बजेटफोन भएतापनि डुअल क्यामेरा र फिन्गरप्रिन्ट सेन्सर भएकाले,प्रयोगकर्ताहरु ओटो फ्र्यांक डुअल प्रति आकर्षित हुने देखिन्छ।

५ इन्चको डिस्प्ले र २डी कर्भ ग्लासको बलियो स्क्रीन भएको यो फोनमा फिन्गर प्रिन्ट सेन्सर छ ।फोनको पछाडीपट्टि सोनीको आई एम एक्स लेन्स सहित दुईवटा क्यामेराहरु जडान गरिएको छ र यो  फुल मेटलबडीको रहेको छ। यो फोनको विशेषता भनेकै यसको बलियो स्क्रीन हो भने,अन्य फोनको स्क्रिनको तुलनामा यसको स्क्रिन मजबुत रहेको ओटो फोनको दाबी रहेको छ । यस्तै विशेषताको कारण यो फोन बजेट फोनहरु  मध्येमा  उत्कृस्ट ठहरिने ओटो कम्पनीले विश्वास लिएको छ ।

फोनमा क्यामेराको कुरा गर्दा यसमा पछाडीपट्टि ८+२ मेगापिक्सेलको दुइओटा क्यामेरा छन् भने अगाडीपट्टि  २ मेगापिक्सेलको क्यामेराको प्रयोग गरिएको छ । एन्ड्रोइड नोगात  ७.०  भर्जनमा चल्ने यो फोनमा मिडियाटेक ६५८० क्वाडकोर ३२विट  चिपसेट १.३ जिएचजेड प्रयोग भएको छ।

१ जीवी र्याम र १६ जीवी रोम रहेको यो स्मार्टफोनले ६४ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ। ओटो फ्र्यांक डुअलमा  फिन्गर प्रिन्ट सेन्सर,एलइडी नोटिफिकेसन लाइट जस्ता फिचर्स र स्मार्ट  गेस्चर कन्ट्रोल पनि  राखिएको  छ।२२०० mAh को ब्याट्री प्रयोग भएको यो स्मार्ट फोनले दिनभरि चलाउन पुग्ने  राम्रो ब्याट्री ब्याकअप दिन्छ ।

ओटो फ्र्यांक सिरीजको पहिलो फोन ओटो फ्र्यांक डुअल फोन  २०७४ मङ्सिर ५ गतेबाट  बजारमा सुनौलो र कालो रंगमा उपलब्ध रहेको छ । यो फोन नेपाली बजारमा जयमा इन्टरकन्टीनेंटल प्रा.लि .ले उपलब्ध गराएको हो र यो जयमा इन्टरकन्टीनेंटल कम्पनि ओटो फोनको  नेपालको एकमात्र डीस्ट्रीव्युटर हो ।

 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *