Home / Featured / ‘पोकेमन गो’ अब नेपालमा पनि

‘पोकेमन गो’ अब नेपालमा पनि

मोबाइलमा पोकेमन गो गेम खेल्न चाहनुहुन्छ ? तपाईलाई खुसीको खबर छ । आजदेखि नेपालमा पनि पोकेमन गो आधिकारिक रुपमा सार्वजनिक भएको छ ।

विश्व प्रख्यात लोकेसनमा आधारित आर्गुमेन्टेड रियालिटी गेम पोकेमन गो नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको छ । नेपाललगायत भारत, पाकिस्तान, भुटान, बङ्लादेश र श्रीलंकामा यो गेम पछिल्ला समय सार्वजनिक गरिएको हो यो गेम चर्चित कार्टुन सिरिज पोकेमनमा आधारित छ ।

यस गेमलाई द पोकेमन कम्पनीसँगको सहकार्यमा नियान्टिकले विकास गरेको हो । २०१६ को जुलाईमा सार्वजनिक भएको यस गेम केही मुलकहरूका लागि मात्र उपलब्ध भएको थियो । यस खेलप्रति क्रेज बढेसँगै यस गेमलाई नेपालमा समेत अनधिकृत डाउनलोड गरि खेलिएको थियो । यस अनधिकृत डाउनलोडलाई रोक्न यसअघि नियान्टिकले गेम रिलिज नगरेका देशहरूमा ‘जियो ब्लक’ गरेको थियो । pokemon-into-post-final

उक्त गेममा पोकेमन ट्रेनरहरूले पोकेमोन पक्रने, खोज्ने र पोकेमनबीच ब्याटल गर्न सक्नेछन । यो गेम जिपिएस लोकेसनमा आधारित गेम हो । सार्वजनिक भएको छोटो समयमै विश्वविख्यात हुनका साथै २०१६ को सबैभन्दा बढि नाफा कमाउन सक्ने गेम हो, पोकेमन गो ।

यस गेम सुरूमा सार्वजनिक गरेको झण्डै ५ महिनापछि नेपाललगायतका दक्षिण एसियाली देशहरूका लागि सार्वजनिक गरिएको हो । यस गेमलाई प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ । यो गेम एन्ड्रोइड किटक्याट भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र चल्नेछ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *