Home / CAN Infotech 2015 Pokhara / पोखरामा अफैर अफरको सूचना प्रविधि मेला सुरु, रोबोर्टद्धारा उध्घाटन, पोखरालाई साइबर सिटी बनाउन सामुहिक प्रतिबद्दता

पोखरामा अफैर अफरको सूचना प्रविधि मेला सुरु, रोबोर्टद्धारा उध्घाटन, पोखरालाई साइबर सिटी बनाउन सामुहिक प्रतिबद्दता

CAN Infotech Pokhara 2015पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि छैटौं बृहत् सूचना प्रविधि मेला ‘पोखरा क्यान इन्फोटेक २०१५’ सुरु भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीले वर्षेनी आयोजना गर्दै आइरहेको इन्फोटेकको यस संस्करण फागुन ११ गतेसम्म पोखराको नयाबजारस्थित प्रदर्शनीकेन्द्रमा सञ्चालन हुनेछ ।

शनिबार एक विशेष समारोहका बीच मेलाको उद्घाटन गरियो । लम्जुङ इशानेश्वोरका २४ वर्षका रदि वोल्ला मियाँले बनाएको नेपाली बाबु नामको रोबोर्टले प्रमुख अतिथिलाई राष्ट्रिय झण्डा दिई इन्फोटेकको उद्घाटन गरिएको थियो ।20150220_125154

त्यस अवसरमा बोल्ने वक्ताहरुले पोखरालाई साइबर सिटी बनाउन निरन्तर पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दीनेश कुमार थपलियाले पोखरालाई साइबर सिटी बनाउन आफूहरुले अध्ययन गरिरहेको जानकारी दिदैं निजी क्षेत्रको सहयोग निरन्तर भइरहे साइबर सिटी टाढाको कुरा नरहेको बताए । उनले सरकारी कार्यलय आइसिटी मैत्री हुनुपर्नेमा जोड समेत दिए ।20150220_134155
क्यान महासंघका अध्यक्ष विनोद ढकालले पोखरालाई साइबर सिटी बनाउन क्यान केन्द्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारी तथा गैरसरकारी क्षेत्रका स्थानीय पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा स्कुले विद्यार्थीले विशेष साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

क्यान कास्कीका अध्यक्ष गुणनिधि पाण्डे तथा निवर्तमान अध्यक्ष चण्डीराज अर्यालले आफूहरुले साइबर सिटीका लागि निरन्तर काम गरेको सुनाउदै सम्बन्धित निकायको सहयोगको अपेक्षा गरे ।

मोफसलमा निरन्तर रुपमा आयोजना हुने एक मात्र इन्फोटेकको रुपमा पोखरा इन्फोटेक रहेको छ । पोखरा इन्टरनेट प्रालिले शीर्ष प्रायोजन गरेको इन्फोटेक डायमण्ड स्पोन्सरहरुमा डिजिकम, सागर इन्फोसिस र प्लानेट कम्प्युटर, गोल्ड स्पोन्सरमा जेरक्स, हुमेन क्लिक, सिल्भर स्पोन्सरमा सुकाम, टिकट स्पोन्सरमा युनिक पावर सिष्टम तथा आइटी पार्टनरमा वेभसफ्टले प्रायोजन गरेका छन् ।

यस संस्करणलाई अहिलेसम्मकै भव्य र आकर्षक बनाउन क्यान कास्कीले विभिन्न अफर ल्याएको छ । मेला अवधिभर नि:शुल्क कम्प्युटर मर्मत, १ सय जना विद्यार्थीलाई निशुल्क छात्रवृत्तिमा आफूले अध्ययन गर्न चाहेको कम्प्युटर कोर्ष, ४० जना विद्यार्थीहरुलाई ४५ दिने नि:शुल्क हार्डवेयर तालिम तथा रोजगारीको अवसर दिइने जानकारी क्यान कास्कीका अध्यक्ष एजं महोत्सव मूल आयोजक समितिका संयोजक गुणनिधी पाण्डेले दिए । साथै इन्फोटेकका एक्जिबिटर कम्पनीले इन्फोटेकलाई मध्यनजरगर्दै आफ्ना उत्पादन र सेवामा भारी छुट प्रदान गर्ने तयारी गरेका छन् ।

यसपटकको मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नया नया प्रविधिको प्रदर्शनीका साथै क्षेत्रीयस्तरको खुला टाइपिङ प्रतियोगिता, आइटी क्वीज कन्टेस्ट, रोबर्ट एक्पो लाइन सेग्मेन्ट प्रदर्शनी, निशुल्क वाइफाइको व्यवस्था हुने क्यान कास्कीका महासचिव एवं महोत्सवका प्रवक्ता विश्वास भण्डारीले बताए । उनले विगतमा कम्प्युटर, ल्यापटपहरुलाई मात्र मेलामा बढी केन्द्रित गरिएकोमा यसपटक मोबाइल एसोसिरिज र आइटी सम्बन्धी प्रोडक्टहरुलाई पनि प्राथमिकता दिइएको बताए ।

मेलामा सूचना तथा प्रविधि सम्बन्धी १ सय २५ स्टलहरु राखिएको छ । सूचना तथा प्रविधि मेलाले पोखरालाई साइबर सिटी, ग्लोबल एक्सेस फर डिजिटल पोखरा तथा इटुरिज्जमलगायतलाई महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । मेलाको अवसरमा सूचना प्रविधिका विभिन्न विषयहरुमा दक्षता हासिल गरेका राष्ट्िरययस्तरका स्रोत व्यक्तिहरुबाट आइसिटि प्राविधिक र सरोकावालाहरुलाई अन्तक्र्रिया गरिने कार्यक्रम समेत रहेको छ ।

यस संस्करणको इन्फोटेकमा १ लाख अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । सर्वसाधारणका लागि रु. ३०, विद्यार्थीका लागि २० र अनलाइन टिकटमा रु. १० राखिएको छ । मेलालाई सफलताका साथ सम्पन्न गर्न अध्यक्ष पाण्डेको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *