Home / CAN Infotech 2016 / माघ २० गतेसम्म हुने क्यान इन्फाेटेक भव्य रुपमा सञ्चालन भइरहेको छ : काेषाध्यक्ष पाेदार

माघ २० गतेसम्म हुने क्यान इन्फाेटेक भव्य रुपमा सञ्चालन भइरहेको छ : काेषाध्यक्ष पाेदार

रञ्जित पाेदार
कोषाध्यक्ष, क्यान महासंघ

२२औं संस्करणको क्यान इन्फोटेक आज पाँचाैं दिनसम्म आउँदा कसरी सञ्चालन भइरहेको छ ?
देशको जटिल परिस्थितिका बाबजुद क्यानले गरेको इन्फोटेक सोचेभन्दा भव्य रुपमा सञ्चालन भइरहेको छ । नाकाबन्दी र इन्धन संकटको मारमा कम्पनीहरुले इन्फोटेकमा नया प्रविधि ल्याउन नसक्ने हुन् कि भन्ने चिन्ता थियो । तर, विश्वबजारमा उपलब्ध नया एवं अपडेटेड भर्जनका प्रविधि र सेवा इन्फोटेकमा राख्न सफल भएका छौ । अवलोकनकर्ताको उल्लेख्य सहभागिताले पुन: एक पटक राजधानीलाई प्रविधिमय बनाउने हाम्रो प्रयास साकार भएको छ ।

यसपटक इन्फोटेकको व्यवस्थापनलाई चुस्त बनाउन के के गर्दै हुनुहुन्छ ?
अवलोकनकर्तालाई सहजपूर्वक अवलोकन गराउने उद्धेश्य हाम्रो हो । यसका लागि भृकुटीमण्डपको परिवेश ठूलो प्रदर्शनीका लागि योग्य नभएपनि यसलाई नै व्यवस्थापन गरेर जानुपर्ने बाध्यता छ । हाम्रा स्वयम्सेवकलाई विशेष तालिम दई अवलोकनकर्तालाई सहयोग गर्न खटाएका छौं । यसपटक गतसाल जस्तो पार्किङमा समस्या आएको छैन ।

ठूला प्रदर्शनी गर्न कत्तिको चुनौती भोगिरहनु भएको छ ?
धेरै चुनौतीका बाबजुद क्यानले वर्षेनि इन्फोटेक गरिरहेको छ । मेला गर्छु भनेर मात्रै हुदैन एक्जिबिटर कम्पनी खोज्नु पऱ्यो, उनीहरुलाई मनाउन फकाउन पऱ्यो, कम्पनी ल्याएर मात्रै भएर उपभोक्तामाझ नया र आवश्यक प्रविधि प्रदर्शनीमा राख्न पऱ्यो। यद्यपि क्यान इन्फोटेक आफैंमा ब्राण्ड बनिसकेकाले हामीलाई कम्पनी र उपभोक्ताले विश्वास गरेका छन् ।

क्यान महासंघले मोफसलमा पनि यस्तै मेला सञ्चालन गर्ने बारे कसरी तयारी गरिरहेको छ ?
नेपालको आइसिटी क्षेत्रको विकासमा क्यान महासंघले अभिभावकीय भूमिका खेल्दै आएको सर्वविदितै छ । गतवर्षदेखि हामी महासंघीय संरचनामा काम गरिरहेका छौं । अब केन्द्रबाट नीति निर्माणमा र कार्यक्रमका योजना बनाउने र त्यसलाई हाम्रा जिल्ला शाखामार्फत ग्रामीण क्षेत्रसम्म कार्यान्वयन गराउने योजना छ । हामीले केही महिनाभित्रै पोखरा, झापा, नेपालगन्ज, धनगढीमा क्यान मेला गर्दैछौं । यो अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्नेछौं ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *